दृश्य ः १
सह–चालक ः दिदी कहाँ पुग्ने ? भाडा दिनुहोस् ।
यात्रु ः कार्ड छ भाई छोरेपाटन सम्म कति हो ?
सह–चालक ः साझँको बेला छ, ७ बजेपछि कार्ड चल्दैन !
यात्रु ः किन नि त्यस्तो ?
सह–चालक ः हामीलाई साझँको समयमा गाडी चलाउन कति गाह्रो हुन्छ, अनि के गर्ने त ? लिनै प¥यो ।
दृश्य ः २
यात्रु ः भाडा कति हो भाई ?
सहचालक ः कता पुग्ने दाई ?
यात्रु ः विरौटा ।
सह–चालक ः २० रुपैयाँ दिनुहोस् ।
यात्रु ः अघि आउँदा १८ रुपैयाँमा आएको, अहिले फेरि २० रुपैयाँ किन नि ? भाडाको रेट एउटै हुन्न ?
सह–चालक ः अघि जतिमा आएपनि त्यति नै हो भाडा । दिने भए दिनुस् नत्र भए गाडीबाटै ओर्लनुस् !
यात्रु ः कस्तो कुरा गर्छौ भाई, सोध्न पनि नहुने ? भाडा छुट्टा–छुट्टै भयो भनेर सोधेको त हो नि ।
सह–चालक ः लागेको भाडा पनि नदिएर कति किच्किच् गर्नुहुन्छ ? खुरुक्क दिनुहोस् न, नत्र गाडीबाट झर्नुस् ! त्यक्ति पनि दिन सक्नुहुन्न ?
माथि उल्लेखित केही दृश्यहरु सामान्य उदाहरणमात्र हुन् । यस्ता दृश्यहरु पोखरामा गुड्ने सबै सार्वजनिक सवारीसाधनमा छ्याप्छ्याप्ती देख्न र सुन्न सकिन्छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने सर्वसाधारणले यस्ता व्यवहार थाहा नपाएको कमै छन् । सार्वजनिक सवारीको बढ्दो प्रयोगसंगै विभिन्न विकृति बढ्दै छ । विकृति भन्दा पनि यात्रुहरुले ठगिनुका साथै दुव्यवहार पनि भोग्नु परिरहेको छ । योसंगै नेपालीको महान ठूला पर्वहरु दशैं र तिहार नजिकिंदै गर्दा समयमै गाडी नपाइने र पाइहालेमा सीट नपाईनुका साथै पूरै यात्रा झुण्डिएर यात्रा गर्नुपर्ने सास्तीको कुरा गरि साध्यै छैन । पर्वहरु नजिकिंदै गर्दा गाडी भाडा दोब्बर समेत हुने गरेका छन् । योसंगै गाडी भाडाको रेट एउटै नहुनु, यात्रुले चालक र सह–चालकबाट दुव्र्यवहार सहन पर्नु, साँझ ७ बजेपछि विद्यार्थीहरुले परिचयपत्रको आधारमा छुट नपाउनु जस्ता समस्याहरु छन् । यस्ता विभिन्न समस्याहरुको कारणले गर्दा पनि गाडी चालक र सह–चालकको बारेमा नकारात्मक सोच राख्नका लागि उनीहरुलाई प्रेरित गरिरहेको हुन्छ ।सबै गल्ती सवारीसाधनको मात्र हो भन्न पनि मिल्दैन । किनकि कहिलेकाँही गल्ती सर्वसाधारणको पनि हुन्छ । सानो–सानो कुरामा पनि उनीहरु कचकच गरिरहेका हुन्छन् । तर पनि स्थानीय निकाय मौन बसिरहेका छन् । पृथ्वीचोकबाट चिप्लेढुङ्गासम्म आउँदा शंकर सुवेदीले गाडी भाडा रु.१२ तिरेका थिए । तर त्यही फर्कदा उनले रु.१५ तिर्नु¥यो । सह–चालकलाई म अघि जादा रु.१२ रुपैँयामा गएको हो आउँदा किन १५, गाडीभाडाको रेट एउटै होइन र भनेर सोध्दा उल्टो कसले भन्यो तपाईलाई ? १५ नै हो, किन कचकच गर्नुहुन्छ भन्ने जवाफ आएको बताउँछन् । “यो समस्या मैले मात्र होइन सबैले भोग्नुपरिरहेको छ, तर समस्याको समाधान भने हुन सकेको छैन । यसको लागि नियम त छ भन्छन् तर लागू भएको कतै पनि देखिदैन, जसले गर्दा यात्रुहरु ठगिने क्रम बढ्दो छ ।” उनी भन्छन् । लेकसाइडका विवेक श्रेष्ठलाई कहिलेकाही अफिस छुट्न ढिला हुन्छ । लगभग साँझको ७ नै बज्छ । आफ्नो साधन नभएपछि साँझको समयमा बाध्यताले गर्दा सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो समयमा गाडीका सह–चालकले अब गाडी आउँदैन्, आउनुस् भनेर भन्छन् । “प्याक भएपनि जानुपर्छ । गएर मात्र कहाँ सुख हुन्छ र खुट्टा टेक्ने ठाउँ नहुदा पनि अलि भित्र जानुहोस् भनेको किन मान्नुहुन्न भन्दै कोची–कोची यात्रु राख्छन्् । के गर्नु बाध्यता हो जानैपर्छ ।” उनले भने । एक दिन सिर्जनाचोकसम्म जान लागेकी कलेज स्टुडेन्ट मीनाकुमारी थापाले भाडाले गर्दा नै सह(चालकबाट दुव्र्यवहार सहनुप¥यो । भाडा रेट एउटै भएन भन्ने विषयमा नै कुराकानी गर्दा आफूमाथि दुव्र्यवहार भएको बताउँछिन् उनी । “विभिन्न कारणले गर्दा सार्वजनिक सवारीसाधनको कारणले समस्या भोग्नु परिरहेको छ ।” उनले भनिन् । उनको भनाईमा पनि नियम बनाएपछि त्यसलाई कार्यान्वयन गर्न जान्नुपर्छ । त्यस्तै मियाँपाटनकी बिपना गुरुङ्ग घर जादा कहिलेकाँही ढिलो हुन्छ । जब गाडीमा चढिसकेपछि विद्यार्थी परिचयपत्र छ भन्दा साझँ ७ बजेपछि परिचयपत्र चल्दैन भन्ने सुन्छिन् अनि चुपचाप लाएर पूर्ण भाडा तिर्नुपर्ने हुन्छ उनलाई । त्यही कारणले गर्दा पनि उनी आजभोलि सकभर साझँतिर सार्वजनिक सवारीसाधन प्रयोग गर्दिनन् । बरु समयमै घर जान निस्कने गर्छिन् ।
माथि उल्लेखित घटनाको केही पात्रहरु मात्र हुन् यिनीहरु । यस्ता घटनाहरु सार्वजनिक यातायात प्रयोग गर्ने जोकोही व्यक्तिहरुको लागि सामान्य जस्तै बन्दै गइरहेको छ । तर पनि विभिन्न यातायात व्यवसायी, स्थानीय निकाय, तथा सम्बन्धीत निकायहरु यसप्रति मौन छन् । खचाखच् यात्रुले भरिएको गाडी, यात्रुहरुप्रतिको दुव्यवहार देख्दा पोखराको चोक–चोकमा बस्ने ट्राफिकहरु पनि मौन नै बसिरहेका छन् भने यस समस्या प्रति खासै ध्यान दिएको जस्तो पनि लाग्दैन । त्यसैले गर्दा यात्रुहरुले दिनानुदिन यस्ता सामान्य लाग्ने समस्याहरु भोग्नुपरिरहेको छ । अनुगमन पनि सोचे जस्तो भएको पाइदैन ।
पोखरामा सार्वजनिक सवारी साधनहरुमा सानो माइक्रोमा १२ देखि १४, मिनी माइक्रोमा १६ सीट र मिनी बसमा २६ वटा सीट क्षमता हुने गछ । तर हामीले यहाँ गुड्ने धेरै सार्वजनिक सवारी–साधनमा गाडीको क्षमताभन्दा बढी यात्रु राखेर कुदाईरहेका हुन्छन् । गल्ती भन्ने कुरा सबैबाट हुन्छ । हुनत यो समस्या सार्वजनिक सवारीसाधनको चालक तथा सह–चालकबाट मात्र हुने गर्छ भन्ने छैन् । यात्रुहरु पनि भनेको नमान्ने, गाडीमा ठाउँ छैन भन्दा पनि अटेर गरेर चढ्ने गर्छन् । साथै सह–चालकले केही नभन्दा पनि अपशब्द प्रयोग गर्ने जस्ता कामहरु गरिरहेका हुन्छन् । एक हिसाबले हेर्ने हो भने दुवैको गल्ती देखिन्छ । तर त्यस्ता गल्तीहरु सुर्धानका लागि कोही लाग्दैनन् । त्यसैले पनि एकअर्काको लागि कस्तो व्यवहार गर्ने भन्ने बारेमा सर्वसाधारण र सार्वजनिक सवारीसाधनका चालक तथा सह–चालक दुवैलाई प्रशिक्षण दिनु आवश्यक छ । यस्ता प्रशिक्षणले गर्दा पनि उनीहरुलाई एकअर्काको भावना बुझ्न सजिलो हुन्छ । साथै अरु पनि विभिन्न उपाएहरु अपनाउन सकिन्छ ।
पोखराका केहि प्रतिष्ठित व्यक्तिहरुको यस विषयमा धारणा के छ ? उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पोखराको हकमा भन्नुपर्दा यातायात व्यवस्था कार्यालयले हामीले सर्वसाधारणलाई चाहिने सार्वजनिक सवारीसाधन उपलब्ध गराएका छौँ भनेर दावी गरेपनि त्यस्तो नभएकाले यात्रुहरु त्यस्ता सवारीसाधनमा प्याक भएपनि झुन्डिएर यात्रा गरिरहेको बताउँछन् । गाडी भाडाको विषयमा भने अबको समयमा टिकटको व्यवस्था अनिवार्य रुपमा लागि गरे मात्र सर्वसाधारण ठगिनबाट बच्ने भनाई उनी राख्नछन् । भाडाको दर निर्धारण गर्दा सर्वपक्षीय हिसाबले लागू गरिनुपर्ने र रेट लिस्टमा निजी यातायात संस्थाको छाप नभई सरकारी छाप प्रयोग गर्नुपर्ने उनको भनाई छ । सबै गल्ती सवारीसाधन, त्यसका चालक र सह–चालकलाई मात्र दिन नमिल्ने, कहिलेकाही गल्ती सर्वसाधारणहरुको पनि हुने उनको भनाई छ ।
यस्तै यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत बाबुराम लामिछाने विभिन्न संघसंस्था, स्थानीय निकाय, नागरिक समाज, लगायतका संस्थाहरुबाट सार्वजनिक सवारी साधनको भाडा रेट, दुव्र्यवहार, जस्ता विषयमा कुराकानी भएको भएपनि अहिलेसम्म यात्रुहरुको तर्फबाट त्यस्ता समस्याहरुको बारेमा कहिले पनि गुनासो नआएको बताउँछन् । यस्ता समस्याको समाधानको लागि दिनदिनै सडकमा गएर अनुगमन गर्न नसक्नु जनशक्तिको अभाव मुख्य भएको उनी बताउँछन् । तर दशै तिहार जस्ता चाडपर्वको समयमा भने सधै अनुगन गरिरहेको उनले बताए । यात्रुहरुले पनि यस्तो समस्यालाई लुकाएर राख्नुभन्दा सर्वसाधारण नै एकजुट भएर समस्याको विरुद्ध उत्रन सके राम्रो हुने उनको भनाई छ । अहिले पोखरामा मात्र नभएर गण्डकी अञ्चल भरी आवश्यक सवारीसाधन भएको र कसैले पनि सवारीसाधनमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता नभएको उनको दावी छ । आउँदो दिनहरुमा जनगुनासो आए कडा नियम बनाएर कार्यान्वयन गर्ने उनले बताए । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले सवारीसाधनमा आएका यस समस्याको अनुगमन गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए । सकभर यातायात व्यवसायीसंग छलफल गरेर समस्याको समाधान गर्ने उनले बताएका छन् । छलफल गरिसकेपछि नियम बनाउने र नियमको पालना नगरे कडा कारवाही गरिने पनि उनले प्रतिवद्धता जनाए । साँझ ७ बजे पछि विद्यार्थी परिचयपत्र नचल्नु भन्ने कुरा कतै नभएको हुनाले त्यसलाई पनि राम्रोसंग अनुगमन गरेर कारवाही अगाडि बढाउने बताएका छन् ।
सबै कुरालाई नियालेर हेर्ने हो भने गल्ती जो–कसैको भएपनि र यातायात सम्बन्धी विभिन्न निकायले ध्यान नदिंदा त्यसको प्रतिफल सर्वसाधारण व्यक्तिहरुले नै भोग्नु परिरहेको छ । यो समस्याप्रति अझैसम्म कसैको पनि ध्यान गएको छैन र सर्वसाधारण हरुले पनि कुरा उठाएको पाइँदैन । जसले गर्दा समस्याको दीर्घकालीन समाधन हुन सकिरहेको छैन । यातायात कार्यालय, ट्राफिक जस्ता निकायहरुले पनि अनुगमन गरे पनि चाडपर्व आउने समयमा मात्र गरिदिदा अरु समयमा भने समस्या भोग्न बाध्य छन् । यसको मतलब सबै जिम्मा र नियम कानुन लगाउने काम यातायातसंग सम्बन्धीत संस्थाहरुको मात्र हो भन्ने पनि छैन । सर्वसाधारण पनि आफैँ लाग्नुपर्छ । जबसम्म समस्यालाई बाहिर ल्याउन सकिन्न तबसम्म समाधान पनि गर्न सकिन्न । यातायात व्यवस्था कार्यालयले पनि जनशक्तिको अभावलाई आधार मानेर अनुगमनलाई टार्न मिल्दैन, सधंै हुनुपर्छ । ठूला–ठूला चाडपर्व आएको समयमा धेरै ठगिने भएपनि अरु समयमा यात्रु ठगिन्न भन्ने होइन । सामान्य समयमा होस् या चाडपर्व आएको समयमा अनुगमनलाई निरन्तरता दिएर यात्रुलाई ठगिनबाट जोगाउन जिम्मेवार सबै निकाय लाग्नु जरुरी छ ।

सुमन थापा मगर
Post a Comment