0
मेरो नेपाल युवा क्लवको आयोजनामा असोजको दोस्रो हप्ता खुल्ला चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । भौतिक संरचनाको पूर्णता(खेलकुद विकासमा निरन्तरता भन्ने मूल नाराका साथ पोखरा(१४ मझेरीपाटनको रामेश्वरी उच्च माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । असोज ८ देखि ११ गतेसम्म हुने प्रतियोगिताबाट उठेको रकम सभाहल निर्माण कार्यलाई निरन्तरता र खेलकुद विकासका लागि खर्चिने क्लवका अध्यक्ष हरि जिसीले बताए । प्रतियोगितामा उल्लेख्य संख्यामा राष्ट्रिय फुटबल समुहलाई सहभागि गराई दशैं विशेष कार्यक्रम समेत ल्याउने तयारी क्लवले गरेको छ ।

Post a Comment

 
Top