0
लेखनाथ क्लबको आयोजनामा मंगलबारदेखि लेखनाथ कप सेभन–ए–साइड फुटबल प्रतियोगिता प्रारम्भ भएको छ । लेखनाथ नगरपालिका वडा नं. २ अर्घौंचोकस्थित घरेलुचौरको मैदानमा मंगलबार सातवटा खेल सम्पन्न भएका छन्। पहिलो खेलमा सनराइज क्लब बी ले आयोजक लेखनाथ क्लब बी लाई टाइब्रेकरम ६–५ ले पराजित ग¥यो । निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा लेखनाथ क्लब बी का लागि पहिलो हाफमा राम गुरुङले पहिलो गोल गरेका थिए भने दोस्रो हाफमा सनराइज क्लब बी का रेशम पुनले बराबरी गोल फर्काएका थिए । दोस्रो खेलमा मेरो नेपाल युवा क्लब मझेरीपाटले समरजून एफसी ए लाई ४–२ ले पराजित ग¥यो। मेरोनेपालका लागि आशिष कार्की र सरोज सुवेदीले दुई–दुई गोल गरेका थिए भने समरजून एफसी ए को तर्फबाट राजु गुरुङ र प्रकाश आलेमगरले एक–एकगोल गरेका थिए । तेस्रो खेलमा राइजिङ स्टार क्लब ए ले एक्स डायमण्डलाई २–० ले पाखा लगायो। राइजिङस्टार ए का लागि प्रवेश गुरुङ र कुशल गुरुङले एक–एक गोल गरेका थिए।
चौथो खेलमा शिशुवा एफसी ए ले बेम्बो एफसीलाई २–१ ले पराजित ग¥यो । शिशुवा एफसी ए का लागि दुवै गोल हिमाल गुरुङले गरेका थिए।पाँचौं खेलमा शिशुवा एफसी बी ले समरजून एफसी बी लाई १–० ले पराजित ग¥यो। शिशुवा एफसी बी को तर्फबाट सञ्जीव गुरुङले निर्णायक गोल गरेका थिए । छैटौं खेलमा दोभान युथ क्लबले राइजिङस्टार बी लाई ३–० ले पराजित ग¥यो ।
दोभानका लागि सागर लामिछानेले दुई तथा कृष्ण श्रेष्ठले एक गोल गरेका थिए।सातौं खेलमा गण्डकी मेडिकल कलेज (जिएमसी) ले द राइजिङ क्लबलाई २–१ ले पराजित ग¥यो । बुधबार पनि सात खेल हुने प्रतियोगिता संयोजक विनोद थापाले जानकारी दिए । भदौ १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र अनुशासित टीमलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top