0
नेपाली महिलाहरुको महान पर्ब हरितालीका तिजलाई सांस्कृतीक र  मौलिक पहिचान सहित मनाउनु पर्नेमा सोमबार पोखरामा आयोजीत कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
क्रियाशील पत्रकार महिला डब्लू डब्लू जे को आयोजनामा आयोजित तीज हिजो र आजुु बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघका केन्द्रिय सचिब सृजना शर्माले तिज पर्बको मौलीकता जोगाउन स्वयं महिलाहरु नै सचेत हुनुपर्नेमा जोड दिइन । उनले पछिल्लो समय रत्यौली सैलीका तिजे क्यासेटले तिजे भाकाको मौलीकता हराएको उल्लेख गर्दे कलाकारले पनि तिजको एल्बम निकाल्दा  महिलाका पिर बेदना साथै  जनचेतना जगाउने खालका तिजे भाका समाबेश गर्नू पर्नेमा जोड दिइन ।  त्यसैगरि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपमन्त्री तथा महिला संयोजक उर्मीला खड्काले तिज सबै बर्गका नेपाली महिलाहरुको साझा चाड भएको उल्लेख गर्दे तीजले  हुदा खाने र हुने खाने   सबै नेपाली महिलाहरु लाई समेट्न सक्नुपर्ने बताइन ।
इम्पावर वुमेन एण्ड चिल्डूेन नेपालका अध्यक्ष सुमीता बस्नेतले  तीजलाइ लवाइ खवाइमा मात्र सिमीत नराखी महिला सशसत्तकरणको सवालमा समेत एकजुट भएर लाग्नु पर्ने बताइन । क्रियाशील पत्रकार महिला  डब्लू डब्लू जे  का अध्यक्ष सरिता तिम्सीना पगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीतात्मक विकास केन्द्रका अध्यक्ष बसुधा भट्राई, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य दुर्गा भण्डारी, महिला तथा बाल उत्थान मञ्च कास्कीका अध्यक्ष विष्णु कार्की, महिला क्लब पोखराका अध्यक्ष विष्णु पराजुली क्रियाशील पत्रकार महिला डब्लू डब्लू जे का सल्लाहकार इश्वरी पौडेल ,सदस्य शिखा पराजुली लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका बरिष्ट सल्लाहाकार दुर्गा अधिकारीले गरेकी थिइन भने संचालन सदस्य प्रमिला बरालले गरेकी थिइन ।

Post a Comment

 
Top