0
कास्कीको भलाम ६ नाजिम स्थित राधाकृष्ण मन्दिरको ११ औँ वार्षिकउत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ । स्थानिय सहयोगदाताहरुबाट निर्मित मन्दिरको कृष्णअष्टमीको अवसर पारेर वार्षिकउत्सव मनाएको हो । मन्दिरको वार्षिकउत्सवका सन्दर्भमा मन्दिर प्राङगणमा निर्मित एक भवनको उद्घाटन समेत गरिएको छ ।
 कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्दै संविधान सभाका सदस्य बन्नुभएका सभासद शारदा पौडेलले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै सभासद पौडेलले भलाम गाविसको समग्र विकासका लागि सदैव तयार रहेको बताउनुभयो । उहाँले भलाम गाविसको विकास गर्ने दायित्व आफ्नो पनि भएको बताउदै यसका लागि प्रतिवद्ध रहेको जिकिर गर्नुभएको हो । सभासद पौडेलले संविधानसभामा क्षेत्र नम्बर २ को प्रतिनिधीको रुपमा आवाजहरु उठान गर्ने बताउदै भलामवासीको दुःख सुखमा साथ दिने बताउनुभयो ।
  भवन निर्माण समितिका अध्यक्ष टेक बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनियर रामकाजी गुरुङ, शिव मन्दिर आमा समुहका अध्यक्ष लक्ष्मी सुवेदी, नेपाली कांग्रेस भलाम इकाई सभापति सुवेदार सुर्य बहादुर थापा, भवन निर्माण समितिका कोषध्यक्ष सिता भुजेल, समाजसेवी क्याप्टेन तेज बहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो । समाजसेवा युवा क्लवका उपाध्यक्ष दिपक बहादुर घर्तीले संचालन गर्नुभएको कार्यक्रममा भवन निर्माणमा ५ हजार भन्दा माथी सहयोग गर्ने २८ जना सहयोगदाताहरुलाई दोसल्लाले सम्मान समेत गरिएको थियो । मन्दिर प्राङगणमा आइतबार श्रीकृष्णजन्मअष्टमीको अवसरमा भजनकृतन समेत भएको थियो ।

Post a Comment

 
Top