0


पोखरा भाँडा व्यवसायी संघ कास्कीको सातौं साधारणसभा तथा चौथो अधिवेशनले कुश कार्की अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा डि.बि. भुजेल,  द्वितीय उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा नरेन्द्र प्रसाद आचार्य, कोषाध्यक्षमा कविन्द्र पालिखे, सह–सचिवमा डिल्लीराम सुवेदी र सह–कोषाध्यक्ष कुल प्रसाद पौडेललाई चयन गरिएको छ । कार्यसमितिका सदस्यहरुमा शंकर सेन ताम्राकार, खरिलाल अधिकारी, लिलाधर अधिकारी, भानुभक्त अधिकारी, ओम श्रेष्ठ, जगत वाग्ले, ईश्वर प्रसाद अधिकारी र लक्ष्मी अधिकारी रहेका छन् । संस्कृतिकर्मी  तथा प्राज्ञ तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले पौराणिक भाँडा उद्योगलाई संरक्षण गर्न सके नेपालको सांस्कृति पहिचान कायम रहने बताएका थिए ।
कार्यक्रममा पोउवासंघका महासचिव नारायण कोइराला, कोषाध्यक्ष रविन्सन प्रजु, संघका संरक्षक वसन्त कोइराला, पोखरा फर्निसिङ्ग एशोसिएशनका अध्यक्ष बलराम गुरुङ, सर्वेश्वरमार्ग व्यवसायी समितिका गिरीधारी अधिकारी लगायतले भाँडा व्यवसायी संघले गरेका रचनात्मक कामका बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा पोखराका पुराना भाँडा व्यवसायी सहनशिल गोशेलीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो भने गतवर्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ट हुन सफल भएकाहरुमध्ये भाँडा व्यवसायीका छोरा–छोरी आशिष मुल्मी र सरिता पौडेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका सक्रिय सदस्य शंकरसेन ताम्राकार, आजीवन सदस्यहरु नारायण ताम्राकार, ओम श्रेष्ठ, मधुसुदन पौडेल, अम्विका पौडेललाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष सुरैन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक डि.वि. भुजेलले गरेका थिए भने कार्यक्रम संचालन बलराम तिमिल्सिनाले गरेका थिए ।  

Post a Comment

 
Top