0
ायोजनाका कास्कीको नाउँडाँडामा भइरहेको हरितालिका तीज महोत्सव एवं खुल्ला फुटवल प्रतियोगिता अन्तर्गत सोमबारको खेलहरुमा विपि गाइज हेम्जा, ड्यामसाइड साधु,ड्यामसाइड र रत्नसेवा समाज,कसेरी  विजयी भएका छन् । सोमबारको पहिलो खेलमा विपि गाइज हेम्जाले मालेपाटन एफसीलाई ३–० गोलले पराजित गरेको हो । खेलमा हेम्जाका सुजन थापाले १७ औं र ४२ औं मिनेटमा गोल गरेका थिए । प्रविण थापाले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए । खेलमा मालेपाटनका मेजमान गुरुङ्गलाई रेफ्रि सुसिल केसीले पहेंलो कार्ड देखाएका थिए ।
अर्को खेलमा ड्यामसाइडले हेम्जा युनाइटेडलाई टाई ब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरिमा सकिएपछि खेलको निधो टाई ब्रेकरद्वारा गरिएको हो । खेलमा हेम्जाका मिन गुरुङ्गले ११ औं मिनेटमा गोल गर्दै टोललाई अग्रता दिलाएका थिए । तर ड््याम साधुका विवेक गुरुङ्गले २९ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । सोमबारनै भएको अर्को खेलमा रत्नसेवा समाजले पिके गाइज अर्चलबोटलाई ६–३ गोलको फराकिलो अन्तरले पराजित गर्यो । खेलमा रत्नसेवाका विक्रम पुनले २ तथा समिर गुरुङ्ग,प्रेम छन्त्याल,विमल तामाङ्ग र दिनेश तामाङ्गले समान एक एक गोल गरे । पिके गाइजको तर्फबाट निशान गुरुङ्गले एक गोल गरे भने अन्य दुई गोल आत्माघातिबाट पाएका थिए । खेलमा पिके गाइजका मन गुरुङ्ग र अजित गुरुङ्गले तथा रत्नसेवाका दिनेश छन्त्यालले पहेंलो कार्ड पाए ।

Post a Comment

 
Top