0
पोखराको पर्यटकीय आकर्र्षण केन्द्र विश्व शान्ति स्तुपा पहिरोको उच्च जोखिममा परेको छ । कास्कीको पुम्दीभुम्दी गाविसको अनदु डाडाँमा रहेको विश्व शान्ति स्तुप नजिकैबाट गएको पहिरोका कारण खतरमा परेको हो । स्तुपा खतरामा परे पछि विश्व शान्ति स्तुपा संरक्षण समितिले पर्यटकहरु जानमा रोक लगाएको गन्थन डटकमले उल्लेख गरेको छ ।
समितिका सचिब उत्तममान ब्रजाचार्यले पहिरोका कारण खतरामा परेको स्तुपामा पर्यटकालाई जान दिंदा उनीहरु लड्न सक्ने र अझ पहिरो ठूलो जान सक्ने भएकाले पनि पर्यटक जान रोक लगाएको बताए । उनले पोखराको राम्रो पर्यटकीय केन्द्र बनेको बताउँदै त्यसको संरक्षणका लागि पहल आवश्यक भएको बताए । आइतबार राती परेको अविरल वर्षा पछि स्तुपा मुनिबाट पहिरो गएको थियो । पहिरोबाट बचाउनका लागी छिटो भन्दा छिटो काम थाल्नु पर्ने स्तुपामा बस्दै आएका जापानीज भिक्षुले बताए ।
२०४९ सालबाट निमार्ण थालिएको स्तुपा २०५५ सालमा निर्माण सम्पन्न भएको थियो । करिब १ सय १५ फिट उचाइ रहको स्तुपाको ३ सय ४४ डायामिटरमा फैलिएको छ । स्तुपा नेपाल, जापान, श्रीलंका, थाइल्यान्ड, बर्मा लगायतको सयुक्त लगानीमा निमार्ण भएको हो । त्यही पहिरोले फेवाताल किनारमा रहेको टिपकल रेष्टुरेन्ट एण्ड लजलाई समेत पहिरोले बगाएको थियो ।

Post a Comment

 
Top