0
लामो समयदेखि विवादित नेपाल विद्यार्थी संघ कास्कीको अधिवेशन आगामी भदौ १० र ११ गते हुने भएको छ । यसअघि पनि अधिवेशन गर्न पटक–पटक मिति तोकिएको भएपनि अधिवेशन हुन सकेको थिएन । नेविसंघ कास्कीका संयोजक सुवास कोईरालाको अध्यक्षतामा सोमवार सम्पन्न बैठकले लामो समयदेखि विवादमा अल्झिएको नेविसंघ कास्कीको अधिवेशनको मिति तय गरेको हो ।  बैठकमा संयोजक कोईरालाले बिषम परीस्थितिमा संगठनले आफूलाई दिएको जिम्मेवारी र संगठनको विश्वासलाई आत्मसात गर्दै अधिवेशन गर्नुपर्ने वाध्यात्मक अवस्था रहेकोले मिति तोक्नु सहभागीसंग आग्रह गरेका थिए ।  सम्पूर्ण विद्यार्थीहरुको भावनालाई सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियाबाट तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्न आफूले पहल गर्ने उनले बताए ।
बैठकमा बोल्दै नेविसंघका पूर्व केन्द्रिय सदस्य भोज बहादुर गुरुङ ‘सिकन्दर’ले विद्यार्थीको नेतृत्वको खोजी विद्यार्थीले नै गर्नुपर्ने उल्लेख गर्दै नेविसंघलाई बलियो र लोकतन्त्रको पहरेदार बनाउन अधिवेशन सफल हुने विश्वास व्यक्त गरे । जिल्ला अधिवेशन तयारीका लागि तत्कालै क्षेत्रीय समिति, क्याम्पस र विद्यालय ईकाई समितिबाट प्रतिनिधिको अन्तिम नामावली तय गरिने भएको छ । बैठकमा नेपाल तरुण दलका पूर्व उपाध्यक्ष शेखर गुरुङ, बनविज्ञान अध्ययन संस्थानका स्ववियु सभापति अशोक शाह, पृथ्वीनारायण क्याम्पसका ईकाई सभापति गोपाल गुरुङ, ईन्जिनियरिङ संस्थानका पवनबाबु बाँस्तोला, राजीव रिमाल जनप्रिय बहुमुखी क्याम्पसका आषिक गुरुङ लगायतले नेविसंघ कास्कीको अधिवेशनले विद्यार्थी आन्दोलनमा थप टेवा पुग्ने बताएका थिए ।
बैठकमा नेविसंघका शुसिल पौडेल, दिपक शर्मा वाग्ले, भूषणराज भण्डारी, जसबहादुर रोका, बिनोद मरासिनी, बिकास थापा, बिक्रमआदित्य सिंह, तारा प्रसाद तिमिल्सिना, मदन पौडेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top