0

कास्कीको लेखनाथ नगरपालिका स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ । लेखनाथ नगरपालिकाको सिशुवा घर भएका २१ वर्षिया सञ्जय पराजुली आफ्ना साथीहरूसहित तालमा पौडी खेल्ने क्रममा डुबेर सख्त घाइते भएका थिए । उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरी चौकी डाँडाकोनाक सिसुवाले जनाएको छ । मृतकको क्षेत्रीय अस्पतालमै शव परीक्षण गरी रामघाटस्थित सेती नदीको किनारमा सोमबारनै दाहसंस्कार गरिएको छ ।

Post a Comment

 
Top