0

कास्कीको अर्मलाबासीहरुले प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन । हिमालय क्लव बाटुलेचौरको संयोजनमा सभासद कुमार खड्कासँग भएको अन्तक्र्रियामा सहभागीहरुले अर्मलाको भूक्षय नियन्त्रण नभएको तथा महेन्द्रगुफा कालिमुढा सड्कको पुर्न निर्माणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन । कार्यक्रममा बोल्दै सभासद खड्काले अर्मलामा परेको भूवानलाई नियन्त्रण गर्न आफूले सरकारलाई दबाब दिइरहको बताए । कार्यक्रममा समाजसेवी उदय बहादुर बस्नेत, प्रकाश भट्टराई,कर्ण बहादुर गुरुङ, तेज बहादुर गुरुङ, अर्मला स्वास्थय चौकीका चेत बहादुर कार्की, हिमालय क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ,सचिव मोहन थापा र स्थानीय शिक्षक मोहन जिसीले अर्मलाका समस्याका बारेमा जानकारी गराएका थिए ।

Post a Comment

 
Top