0

ढिकुरपोखरीमा जारी खुल्ला अन्तरक्लव फुटवल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । हरितालिका तीजका अवसरमा ढिकुरपोखरी युवा सञ्जालको आयोजनाका जारी प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न क्वाटरफाइनल खेलहरुमा जित हाँसिल गर्दै ति टोलिहरु अन्तिम चारमा पुगेका हुन् ।   बुधबारको पहिलो खेलमा आयोजकको ए ले आफ्नैं वि टोलिलाई २–१ गोलले पराजित ग¥यो । खेलमा ए को तर्फबाट म्यान अफ द म्याच नरेश राइले ४१ औं तथा पदम पुनले ४८ औ मिनेटमा गोल गरे भने वि को तर्फबाट विन्दु पाण्डेले १० औ मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच समेत बनेका हेम्जाका गोलकिप्पर मिलन केसीले उत्कृष्ट प्रदर्शन गर्दा विष्णुपादुका रातोले शसस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीमाथि संघर्षपूर्ण जित हाँसिल ग¥यो । हेम्जाले टाई बे्रकरमा जितेको हो । निर्धारित समयको खेल १–१ गोलमा टुंङ्गिएपछि टाई ब्रेकरद्वारा खेलको निर्णय भएको हो । एपिएफको तर्फबाट चुँडा चौधरीले ९ मिनेटमा गोल गरेका थिए । बुधबारको अर्को खेलमा श्रृंखला एफसी भलामले मगरथोक मालेपाटनलाई ३–१ गोलले पराजित ग¥यो । खेलमा म्यान अफ द म्याच नरेश केसीले २ तथा सुवास थापाले १ गोल गरे भने मालेपाटनका राजन अधिकारीले २३ औ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
अर्को क्वाटरफाइनलमा ड्यामसाइडले रत्नसेवा समाज केस्केरीलाई २–१ गोलले पराजित ग¥यो । खेलमा ड्यामसाइडको तर्फबाट म्यान अफ द म्याच सिके लामाले दुवै गोल गरे भने रत्नसेवाको तर्फबाट निशान गुरुङ्गले खेलको पहिलो गोल गरेका थिए । विहिबार पहिलो सेमिफाइलमा आयोजक ए र विष्णुपादुका भिड्ने छन् भने अर्को सेमिफाइनल खेल ड्याम साधु र श्रृंखलाविच हुने आयोजक समितिका महासचिव दिल जिसीले जानकारी दिए । साथै विहिबारदेखि तीज गित प्रतियोगिता पनि शुरु हुने उनले जानकारी दिए । ‘संस्कृतिको जगेर्णा गरौं’ विषयक तीजन गीत प्रतियोगिताको सभाषद् सीता गिरी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जिसीले बताए ।

Post a Comment

 
Top