0

सोमबार मध्यरातमा पोखरा ६ बैदाम चौकी अगाडि प्रहरीको चेकजाच थियो । त्यही चेकजाँच छल्नलाई लेकसाइडबाट घरतिर जाँदै गरेका युवा केदारेश्वर मन्दिरको गेटआगडिको सानोबाट घर तिर जान लाग्छन् । दुई मोटर साइकलमा आएका उनीहरु फिर्केखोला माथिको पुलबाट मोटरसाईकल तर्ने क्रममा पछाडिको मोटर साइकल चिप्लिएर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको हो । लेकसाईडबाट सिमलचौर तर्फ जाँदै गरेको ग ७ प ९६ ५८ नम्बरको मोटरसाईकल बैदामको फिर्केपुलमा अनियन्त्रित भई खोलामा खस्दा २० बर्षीय विपिन गुरुङगको मृत्यु भएको हो । उनी मोटर साइकलको पछाडि बसेका थिए । खोलामा बेपत्ता भएका गुरुङगको खोजी गर्नेक्रममा मंगलबार दिऊसो ड्यामसाईडमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले जानकारी दिए । गुरुङगको शव पोष्टमार्टम पछि, आफन्तको जिम्मा लगाईएको छ । उनी केही दिनपछि युके जाँदै थिए भने उनीकी आमा केहि दिन पहिले युके गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु मापासे सेवन गरेका कारण्ाँचेकजाच छल्न भित्रि बाटो गएको जानकारी दिएको गन्थन डटकममा खबर छ । यसैगरी अवैध लागूऔषध सहित एक जनलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ दुलेगौडा बस्ने उदयकुमार गुप्ता रहेका छन् । भारतबाट लागूआषध खरिद गरि पोखरा तथा लेखनाथ क्षेत्रमा बिक्री वितरण गरेको भन्ने सूचनका आधारमा लेखनाथ १३ मझुवाबाट गुप्ताई पक्राउ गरिएकाप्रहरीले जनाएको । गुप्ताको साथबाट लागूऔषध नरफिन ४४ थान, डाईजापम ४४ थान, फेनरागन ४४ थान, नाईटोभ्याट चक्की ५ र ग९प नम्वरको मोटरसाइकल र नगद २५ हजार बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई मुद्धामा म्याद थप गरि अनुसन्धान भईरहेको छ । यस्तै कास्की प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेखनाथ ७ चालचोक बस्ने १७ वर्षीय अजय पुन, सन्दिप परियार र हमालचोक बस्ने प्रदिप हमाल गरेका छन् ।
लेखनाथ नगरपालिका १ भण्ढाढिक बस्ने लिलाभक्त भण्डारीको ग४प ५७५६ नम्वरको बजाज डिस्कभर मोटरसाइकल चारी गरेको बताइएको छ । भदौ ८ गते भण्डारीको घर पछाडि पार्किङ गरि राखेको अवस्थामा चोरी भएको मोटरसाइकल मंगलबार राति १२ बजे लेखनाथ ३ स्थित अर्घौबाट बुढिबजार जाने भित्री सडक खण्डमा तीन जना चढिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा उपमहानगरपालिका वडा नं १५ चोरसाँघु स्थित सडकमा युवतीलाई जिस्काएको भन्दै प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । सडकमा क्यारेमबोर्ड खेलेर बसेका ती युवाले कलेज पढेर घर फकिंर्दै गरेकी युवतीलाई अपशब्द प्रयोग गरी जिस्काएको भन्दै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी गएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सोही स्थान बस्ने २० बर्षीय होमवहादुर जलारी, १९ बर्षीय सन्तोष जलारी र अनिल कुमाल रहेका छन् । युवाहरुलाई केही सार्वजनिक अपराध तथा सजांय ऐन २०२७ अन्तर्गत मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top