0
समाजका गरिब तथा विपन्न वर्गका बालबालिकाको अध्ययनको थलोका रुपमा परिचित सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सक्दो सहयोग गर्ने सभासद्हरुले सोमबार आयोजित एक कार्यक्रममा सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् । कास्की जिल्लाको निर्वाचन क्षेत्र नंं ३ बाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले सोही क्षेत्र अन्तर्गत पोखरा १७ स्थित जानकी निमाविको अनुगमन तथा निरीक्षणका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पूर्वराज्यमन्त्री तथा सभासद् तुलबहादुर गुरुङले विधिसंवत् गरिने विद्यालयको भौतिक तथा शैक्षिक विकासमा आफ्नोतर्फबाट आवश्यक सहयोग रहने बताउनु भयो । सभासद् विन्दा रानाले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीअनुरुप प्रतिफल प्राप्त हुन नसकेको बताउँदै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरिन् । अर्का सभासद् तेजकुमारी पौडेलले सामुदायिक विद्यालयको विशिष्टिकरणको खाँचो औँल्याइन ।
विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद शर्माले आर्थिक अभावका कारण अलपत्र परेको नयाँ पक्की भवन सम्पन्न गर्न आवश्यक रु १६ लाख रकम जुटाइदिन सभासद्त्रयलाई आग्रह गरिन् । जोखिमपूर्ण पुरानो भवनमा कक्षा सञ्चालन गरिँदै आएको छ । विसं २०३५ मा स्थापित सो विद्यालयमा हाल १८१ विद्यार्थी र ११ जना शिक्षकशिक्षिका अध्ययन अध्यापन गर्दै आएका छन् । कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ ।

Post a Comment

 
Top