0
कास्कीको रुपातालमा डुवेर सोमबार दिउँसो एकजनाको मृत्यु भएको छ । मृत्यू हुने कास्कीको रुपाकोट गाविस वडा नं. ६ भंगराका श्रीराम अधिकारी रहेको जिल्ला जनाइएको छ । तालमा मानिस डुवेको खवर प्राप्त भएपछि प्रहरी चौकी शिशुवाबाट खटिएको प्रहरीको टोलीले उनलाई मृत अवस्थामा निकालेको थियो । अधिकारीको शव सोमबारै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम पछि परिवारलाई वुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Post a Comment

 
Top