0
.कास्कीको  पुम्दीभुम्दी गाविस वडा नं. १ को तालपारी भन्ने फेवा किनारमा रहेको टिपिकल रेष्टुरेन्ट पहिरोले बगाउँदा पुरिएका चार जना मध्ये तीन जनाको शव फेला परेको छ । शान्ति स्तुपा नजिकबाट पहिरो खसेको पहिरोमा पुरिएकामध्ये ओखलढुंगा जिल्ला गामलाङटार घर भएका २८ बर्षीय प्रकाश थापा, धादिङ कल्लेरी घर भएका २२ बर्षीय राम मगर र सिन्धुली आङसाङ ९ घर भएका १८ बर्षीय मोहन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले गोल्डेन ज्यूज दैनिकलाई जानकारी दिए ।
पहिरोमा पुरिएका मध्य रामेछाप सैबु ६ घर भएका रेष्टुरेण्ट संचालक गोकुल मगरको भाई बर्षका २२ का भुवन मगरको शव फेला पर्न सकेको छैन । आइतबार रातिदेखि परेको अबिरल बर्षाका कारण गोकुल मगरले संचालन गरेको टिपिकल होटल एण्ड रेष्टुरेण्ट माथिबाट आएको पहिरोले पुरिएको थियो । कास्की पुम्दीभुम्दी १ तालपारीका बत्ति वहादुर गुरुङको घरमा रापेछाप सैंबु ६ बस्ने गोकुल मगरले संचालन गर्दै आएका थिए ।  पुम्दी भुम्दी तर्फ पर्ने फेवाताल किनारमा रहेको उक्त रेष्टुरेण्ट माथि खोल्साबाट आएको बाढी पहिरोले पुरेको बिहान मात्रै थाहा भएको थियो । पहिरोले पुरेको थाहा भएपछि स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य गरेका थिए ।
यसैगरी देशका विभिन्न भागमा गएको बाढिपहिरो पीडितको सहयोगार्थ नेकपा एमाले कास्कीले पोखरामा राहत संकलन गरेको छ । एमालले पोखराबाट सोमबार मात्रै एक लाख १५ हजार पाँच सय रुपैयाँ संकलन गरेको एमाले कास्कीका प्रचार विभाग प्रमुख एवं नगर कमिटि संयोजक तेजनारायण अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखराको महेन्द्रपुलस्थित भिसेनचोकबाट सुरु गरिएको राहत संकलन अन्र्तगत नयाूबजार, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड चिप्लेढुङ्गा लगायतका क्षेत्रबाट उक्त रकम संकलन भएको हो । नेकपा एमाले केन्द्रीय कमिटीले स्थापना गरेको राहत कोषमा उक्त रकम पठाइने संयोजक अधिकारीले जानकारी दिए । देशका विभिन्न भागमा आइपरेको प्राकृतिक विपत्तिका पीडितलाई उक्त रकमले राहत प्रदान गर्ने विश्वास एमाले कास्कीले लिएको उनले बताए । ।
उनले भने–‘प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्नु एउटा नागरिकको कर्तब्य हो । हामीले कर्तब्यलाई पुरा गरे हौं ।’ जुन ठाउँमा बसेपनि एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने मान्यताले एमालेले जनताको दुःख बाडने प्रयास गरेको उनले बताए ।  ‘रकम थोरै भएपनि यसले प्राकृतिक विपत्तिबाट घरवहार विहीन बनेकाहरुलाई केही राहत मिल्ने अपेक्षा गरेका छौ ।’–उनले भने ।
यसैगरी गएराति पुम्दी–भुम्दी १ घुम्ती भन्ने स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको पोखरा—स्याङजा सडक खण्डमा घर भाडामा लिई बसेका सुवी गुरुको घर भत्किंदा तीन जना घाईते भएका छन् । गुरुङका छोरा १४ बर्षीय प्रनिश र उनको जेठाजुको छोरा १८ बर्षीय सूर्य गुरुङ रहेका छन् । उनीहरुको पोखराको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भएको छ । राती अवरुद्ध भएको सिद्धार्थ राजमार्ग विहानपख खुलाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
यसैगरी पोखराको फेवाताल पारिको टिपिकल रेष्टुरेण्ट पहिरोमा परि तीन जनाको मृत्यु र एक जना बेपत्ता भएकोप्रति एकीकृत माओवादीले शोक व्यक्त गरेको छ ।  एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले सोमबार एक विज्ञप्ति जारी दुःख व्यक्त गरेको छ । अध्यक्ष कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, आइतबार राति अविरत वर्षाका कारण पोखराका फेवातालपारिको टिपिकल रेष्टुरेण्ट पहिरोले बगाउँदा तीन जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाले हाम्रो पार्टी स्तव्ध भएको छ । एमाओवादीले मृतक र बेपत्ताका परिवारजनमा समवेदना प्रकट गर्दै आवश्यक सहयोग र पुनस्र्थापनामा सहयोग गर्न पार्टी र पार्टीनिकटका संगठनहरुलाई निर्देशन समेत दिएको छ । विज्ञप्तिमा मृतकका परिवारहरु लाई राहत प्रदान गर्न र हराइरहेका भुवन मगरको प्रभावकारी खोजी गर्न सरकार र सम्वद्ध पक्षसँग अपिल पनि गरिएको छ । यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. १ कास्कीकोे क्षेत्रीय कार्य समितिको वैठक पार्टीका सभापति विर्जमान गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको छ । वैठकमा क्षेत्रीय समितीका पदेन सदस्य तथा केन्द्रिय सदस्यमा जीवन परियार एंव ने.कां. कास्कीका सभापति यज्ञ वहादुर थापाको उपस्थितिमा बसेको वैठकले हालै सिन्धुपाल्चोक जिल्लामा भएको पहिरोले गरेको ठूलो विपत्तिमा मानवीय एवं भौतिक क्षति सहितको दैविप्रकोप लगायत देश भरी भएको वाढी पहिरो बाट भएको धनजन को क्षती प्रति वैठकमा गहिरो दुःख व्यक्त गरेको छ । साथै उक्त विपत्तीमा परेका परिवार जनलाई सहयोग पु¥याउन क्षेत्र भित्र रहेका नगर, नगरवडा, गाउँ कार्य समिति एवं व्यापारी, शिक्षक, वकिल, वुद्विजीवी तथा सर्वसाधारणा व्यक्तिहरु लाई समेत आर्थिक सहयोगको लागि आहृवान गर्ने निणर््ाय गरेको छ । त्यसैगरी कास्की जिल्ला क्षेत्र नं. ३ अन्तर्गत पुम्दी भुम्दी गा.वि.स. वडा नं. १ अनदुमा गएको पहिरो वाट एकै परिवारका ५ जना व्यक्ति बेपत्ता खबरले अत्यन्त दुःख समेत प्रकट गरिएको थियो । उक्त वेपत्ता व्यक्तिको तत्काल खोजी कार्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरिएको क्षेत्र नं. १ का सचिब सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top