0

पोखरा पिस क्लव पोखरले आगामी भदौ तेस्रो सातादेखि आठौं पोखरा पिस क्रिकेट कप २०७१ संचालन गर्ने भएको छ । २०६२ सालदेखि निरन्तर रुपमा संचालन गरिँदै अएको प्रतियोगितामा कास्की जिल्लाका चर्चित क्रिकेट क्लवहरु, शिक्षण संस्था तथा समूहहरु साथै बागलुङ, स्याङ्गजा तथा तनहुँ जिल्लाबाट समेत गरी करीब २० टिमको सहभागिता रहने आठौं पोखरा पिस क्रिकेट कप २०७१ मूल व्यवस्थापन समितिका संयोजक किरण पराजुलीले जानकारी एिका छन् । प्रतियोगितामा प्रथम, द्वितीय हुने टिम, सर्वोत्कृष्ट खेलाडी, उच्च रन तथा विकेट लिने खेलाडी लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने पनि उनले बताए । प्रतियोगिता संचालनका लागि करीब ३ लाख खर्च हुने अनुमान भएकाले प्रायोजकहरु खोज्ने काम तिव्र गतिमा अगाडि बढाईएको आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुजन बरालले बताए । नेपालमा क्रिकेट खेलको विकास तथा हालै विश्व टि–ट्वान्टी क्रिकेटमा गरेको प्रदर्शनले गर्दा नेपालमा क्रिकेट खेल ज्यादै लोकप्रिय बनिरहेको अवस्थामा पोखरा पिस क्लवले थपेको आयाममा सबै उद्योगी, व्यापारी, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था एवं सबै जनसमुदायसँग अनुरोध गर्ने क्लवका सचिव प्रताप अचार्यले बताए ।

Post a Comment

 
Top