0
घरमा सुत्केरी हुनेको सङ्ख्या जिल्लामा विस्तारै कम हुँदै गएको छ ।  जिल्लाका गाउँगाउँमा समेत सुरक्षित सुत्केरी सेवासँगै प्रोत्साहन भत्ता दिन सुरु भएपछि घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्दै गएको हो । अस्पतालमा सुत्केरी गराउँदा विभिन्न समस्याबाट मुक्त हुने भएपछि यसप्रति आकर्षण बढेको हो । जिल्लाका २१ वटा स्वास्थ्य संस्थाबाट २४ घण्टे सुत्केरी सेवा उपलब्ध भएको छ । गत आर्थिक वर्षमा पर्वतमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्या ९७५ रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्ला अस्पताल कुश्मा, ठुलीपोखरी प्राथमिक स्वस्थ्य केन्द्र र लुँखू प्राथमिक स्वास्थ्य केन्द्र १० स्वास्थ्य चौकी, आठवटा उपस्वास्थ्य चौकीमा २४ घण्टे सुरक्षित सुत्केरी सेवा उपलब्ध रहेको छ । सरकारले सुरक्षित सुत्केरी प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ताका साथै नियमित गर्भ जाँच गर्ने महिलालाई ४०० रुपैयाँ थप रकम दिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अहेव गोपाल आचार्यले जानकारी दिनुभयो ।

Post a Comment

 
Top