0
पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्स उच्च माविमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार मावि स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालित उक्त प्रतियोगितामा नेपालीतर्फ प्रतिष्ठा बुद्धाचार्य, स्वीकृति अधिकारी तथा धिरज अधिकारी र अंग्रजीतर्फ सुजिता गुरुङ, पूजा पुन र सुरथी कोइरालाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए । विद्यालयका सहायक प्राचार्य ईश्वरमणि अधिकारीको संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा नेपालीतर्फ ईश्वरमणि अधिकारी, नेपाली विभागीय प्रमुख राजेश सापकोटा र नवराज ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने अंग्रेजीतर्फ मुकेश कुमार अधिकारी, नवराज ढकाल तथा खिम खड्काले निर्णायकको भूमिका निर्वाह गरको थिए । कार्यक्रमको अन्त्यमा विभिन्न साहित्यिक कृतिहरुबाट विजेता विद्यार्थीहरु लाई सम्मान एवं पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ ।
यसैगरी पोखरा कुमुदिनी होम्स उच्च माविको कक्षा ५ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई शुक्रबार ‘यौवन अवस्था र यस अवस्थामा देखिने परिवर्तन’ सम्बन्धी झण्डै दुई घण्टे प्रशिक्षण दिइएको छ । यौवन अवस्थामा एकाएक देखिने शारीरिक परिवर्तन तथा महिनावारी सम्बन्धी आवश्यक जानकारी नहुँदा त्यस उमेरका छात्राहरुले भाग्नुपरेका समस्या, सामाजिक अन्धविश्वास तथा आवश्यक सरसफाईको कमीका कारण ज्यानै जानेसम्का घट्नाहरु सञ्चार माध्ययममा छाइरहेका बेला विद्यालयले यस किसिमको सचेतनामूलक प्रशिक्षण दिएको जनाएको छ । पोखराको गैह्रापाटनमै रहेको फिस्टेल हस्पिटल एण्ड फिस्टेल नर्सिङ क्याम्पसका प्रिन्सिपल जिता बराल तथा नर्स प्रशिक्षकद्वय सुम्मिता श्रेष्ठ र अन्जु तज्झ्या प्रशिक्षक रहेका थिए ।

Post a Comment

 
Top