0

नेपाली कांग्रेस क्षेत्र नं १ कास्कीले क्रियाशिल सदस्यता नविकरण अभियान थाल्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ कास्कीको शनिवार सम्पन्न क्षत्रिय समितिको बैठकले आगामी मंगलबारदेखि क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको कार्यलाई अगाडि बढाउने निर्णय गरेको हो । क्षत्रिय सभापति विर्जमान गुरुङ्ग सभापतित्वमा सम्पन्न वैठकमा प्रमुख अतिथीका रुपमा बोल्दै कास्की काग्रेसका सचिव कृष्ण केसीले सङ्गठन सुदृढीकरणमा लाग्न सबैलाई आग्रह गरे । क्षेत्र नं १ अन्तर्गतका नगर तथा गाउँ स्तरका कार्यकर्ताहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन क्षत्रिय सचिव सुरेन्द्र राज अधिकारीले गरेका थिए । अभियान एक महिनासम्म जारी रहने सचिव अधिकारीले बताए ।

Post a Comment

 
Top