0
पोखराको रामबजार अवस्थित लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलले विद्यार्थीहरुकाबीच नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आत्मपरक र वस्तुपरक शैलिमा आयोजित प्रतियोगिता मा कक्षा १ देखि ९ सम्म विभिन्न तीन समुहमा गरिएको हो । कक्षा एक देखि दुईसम्म नन्दिता पौडेल र संगम ढकाल उत्कृष्ट भए । कक्षा तीन देखि पाँचसम्म कुशल गुरुङ प्रथम, शिशिर अधिकारी द्वितीय र अनिश थापा तृतीय हुन सफल भए । यसैगरि कक्षा ६ देखि नौ सम्म गरिएको प्रतियोगितामा कक्षाबाट पूर्णिमा वाग्ले, सातबाट समीक्षा न्यौपाने, आठबाट श्रद्धा अधिकारी र नौबाट सागर राई प्रथम भएका छन्  । विद्यार्थीहरुको लेखन शैलि प्रभावकारी बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपाली शिक्षकहरु रोहिणी ढकाल र बालकृष्ण उपाध्याय निर्णायक रहेका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्राचार्य सुशिला केसी अधिकारीले बधाई ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top