0
पोखरामा हुने टुर्बोग महजात्रा हास्यँ महोत्सवको सम्पूर्ण तैयारी पूरा भएको छ । महोत्सव आजबाट शुक्रबारदेखि पोखराको पोखरा सभागृहमा संचालन हुँदैछ । यो कार्यक्रम यसअघि काठमाडौंमा सफतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका वरिष्ठ हाँस्य कलाकार हरिवशं आचार्य र मदन कृष्ण श्रेष्ठले विषेश प्रस्तुति दिनुका साथै अन्य कलाकारहरुले पनि मनोरञ्जन प्रदान गर्नेछन् ।
टुर्बोगको सहयात्रामा हुन लागेको उक्त कार्यक्रम ४ दिनसम्म संचालन हुने  बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । समाजमा रहेका विकृति विसंगति, र राजनीति अस्थिरलाई व्यङग्य र चेतनामूलक कार्यक्रमहरु जत्रामा प्रस्तुत गरिने भएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले केही समयसम्म आफूहरुको जीवनमा आएको उथलपुथलको कारणले गर्दा स्टेज कार्यक्रमहरुमा समय नदिएको भएपनि टिभिमा भने आफूहरु निरन्तर रुपमा लागि परेको बताएका छन् । आफूहरु रंगमञ्चको लागि नै जन्मिएको र यसबाट टाढा बस्न नसक्ने भन्दै आफू र मदनकृष्णको सम्बन्ध ३४ वर्ष पुरानो भएको बताए । प्रविधिको कारणले रंगमञ्चको कार्यक्रम गर्न कठिन भएको गुनासो पनि आचार्यको रहेको छ । अर्का वरिष्ठ हाँस्य कलाकार मदनकुष्ण श्रेष्ठले आफूहरुले यस हाँस्य महोत्सवलाई फाइदाको रुपमा नभएर समाज सेवाको रुपमा गर्न लागेकाले साथ दिनको लागि सबैलाई आग्रह गरेका छन् । उनका अनुसार कार्यक्रमबाट संकलन भएको रकम स्याङ्जाका रहेको प्रगति प्राविलाई गरिने पनि बताए । ४ दिनसम्म चल्ने उक्त हाँस्य महोत्सवमा कलाकारहरु बसुन्धरा भुसाल, किरण केसी, मोहित आचार्य, राजाराम पौडेल, शिवहरि पौडेल, यमन श्रेष्ठ लगायतले पनि आ–आफ्नो प्रस्तुती राख्ने भएका छन् । साथै नायक दिलिप रायमाझीले नृत्य तथा गायिका मल्लिका कार्कीले पनि आ–आफ्नो प्रस्तुती प्रस्तुत गर्ने भएका छन् । अहिलेसम्म कार्यक्रमको टिकट १५ सय र ५ सयको बिक्री भइसकेको र आफूहरुसंग ३ सयको टिकटमात्र बाँकी रहेको पनि आयोजकले जानकारी दिएको छ । करिब ८ वर्षको लामो समय पछि मह जोडी रंगमञ्चमा देखिएको हो मह जोडीले पोखरामा अहिलेसम्म करीब १ सय भन्दा बढी पटक कार्यक्रम गरेको पनि जनाएको छ । कार्यक्रमलाई भिडियो खिचेर युटुबमा राख्ने प्रविधि बढेकाले कार्यक्रममा कुनै पनि सबैखालको क्यामरा प्रतिबन्ध गरिएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top