0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशैभरि चलाएको सक्रियताको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मी र सुनासका अध्यक्ष पुण्य पौडेलले स्वागत गरेका छन् । उनीहरु दुवैले विहीवार विज्ञप्ति प्रकाशित गरि विद्यमान विसंगति, आर्थिक अनुशासनहिनता, भ्रष्टाचारजन्य गतिविधिको अन्त्य, नियन्त्रण, नियमनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालेको कदमले जनतामा आशाको संचार जगाएको उल्लेख गरेका छन् । विज्ञप्ति मार्फत उनीहरुले आम नेपालीको हितका लागि कानुनी राज्य र सुशासनका लागि, भ्रष्टाचार विरुद्धमा आफ्ना गतिविधिलाई तीव्र बनाउन पनि हार्दिक अपिल गरेको छ । यस्तो महत्वपूर्ण कार्यमा एक्लो प्रयास अपर्याप्त हुन सक्छ,–नागरिक समाज सुशासनका लागि र भ्रष्टाचार विरुद्ध आवाज उठाउने संस्था तथा जमातले आ–आफ्नो संस्थावाट सुचना र समाचार प्रवाह, सचेतना अभिवृृद्धि, विसंगतिको अन्त्यका लागि काममा तदारुकता देखाउन मुल्मीले जोड दिएका छन् । सरकारका विभिन्न निकायवाट भएका क्रियाकलापले जनतामा वितृष्णा वढेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझ वढि प्रभावकारी काम गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । साना तहमा मात्रै होईन उच्च पदस्थ तहमा समेत छानविनको दायरा वढाउनुपर्छ भन्ने नागरिक समाजको कुरालाई अंगिकार गर्दै सम्पर्क÷क्षेत्रीय कार्यालयको स्थापनावाट विकृति जन्य भ्रष्टाचार गतिविधिलाई उजागर गर्न अख्तियारले देखाएको तत्परतालाई सवैले सघाउनुपर्ने पनि उनीहरुले जोड दिएका छन् । खासगरी अख्तियारले पूर्वाञ्चल÷ मध्यपश्चिमाञ्चल विश्वविद्यालय जस्तो वौद्धिक स्थलमा वस्ने विद्धान भएका निच क्रियाकलापलाई उजागर गरेको कुरा स्वागतयोग्य छ,–टी.आई नेपालका पूर्वउपाध्यक्ष तथा सुनासका सल्लाहकार आनन्दराज मुल्मीले भन्नुभयो । विषेश गरी आमजनता र सेवाग्राहीलाई प्रत्यक्ष प्रभावपार्ने विभिन्न सरकारी निकायमा भएको अनियमित काम र त्यस्ता कार्यमा संलग्न कर्मचारी माथि भएको निगरानी र कार्वाहीले सुशासन प्रदान गर्ने बताएका छन् ।

Post a Comment

 
Top