0
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाले, कालिका गाविसको बिभिन्न वडाहरुमा बिहीबार गाँजा फँडानी गरेको छ । केन्द्रको अभियान अन्तरगत काम थालेको सेवा केन्द्रले विहीबार कालिका गाविसका वडा नं.१, २, ३, ४ र ५ मा रहेका करीव ३ भ्यान गाँजा फँडानी गरी नष्ट गरिएको हो । बाँकी वडाहरुमा आउंदो साउन १७ गते फँडानी गरीने र कालिका गाविसका वासिन्दाहरुलाई पोखराबाट आउने गाँजा व्यापारीहरु तथा प्रयोगकर्ताहरुमा यसबाट केही हदसम्म न्यूनीकरण हुने अपेक्षा सेवा केन्द्रले गरेको छ । पोखराबाट कालिका गाविसमा आई गाँजा सेवन गर्ने, गाँजाका साथ घरका अन्य सामानहरु समेत लिएर जाने तथा परिवारका सदस्यहरुलाई डर, धम्की देखाउने गरेकोमा यस कार्यक्रमबाट उल्लेखित घटनाहरुमा कमी आउने अध्यक्ष राजेश भण्डारीको विश्वास छ । गाविस सचिव शोभाखर ढकालले यस्ता कार्यक्रमले बिकृति बिसंगतीमा न्युनिकरण आउनुका साथै यहाँका वासिन्दाहरुले शान्तिसुरक्षाको महसुस गर्ने बताए । ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम प्रहरी चौकी डाँडाकोनाकका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर थापा, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव विमल बहादुर कार्की, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका पुर्व अध्यक्ष सुष्मा गुरुङ्ग लगायत गाँजा फँडानी गर्ने कार्यक्रममा सहभागी थिए ।लेखनाथ भण्डारीको संयोजकत्वमा कालिका गाविसको वडा नं. १ मा उपसंयोजक संस्थाका सदस्य पुष्पराज त्रिपाठी, वडा नं. २ मा सदस्य नवीनचन्द्र तिमिल्सेना, वडा नं. ३ मा सदस्य दामोदर भण्डारी, वडा नं. ४ मा निवर्तमान अध्यक्ष केदारनाथ अधिकारी, वडा नं. ५ मा उपाध्यक्ष डाल्डादेवी भुजेल उपसंयोजकत्वमा गाँजा फडानी भएको हो । संस्थाका सचिव दिनेश अधिकारीले संचालन गरेको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बिभिन्न संघ÷संस्था, आमा समुह, युवा क्लवका सदस्यहरु गरि ८५ जनाको सहभागिता थियो ।

Post a Comment

 
Top