0
बालगोपाल भजन कीर्तन सेवा समिति तथा गौंडाकोमुख नेवा खलले प्रथम गौंडाकोमुख क्वाट्टी तथा गाईजात्रा उत्सव–११३४ आयोजना गर्ने भएको छ ।
हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नाराका साथ यहि श्रावण २४ गते शनिवारको दिन गाईजात्रा आयोजना गरिएको बालगोपाल भजन कीर्तन सेवा समिति तथा गौंडाको मुख नेवा खलले जानकारी दिएको छ । यसको  ७५ प्रतिशत तयारी सम्पन्न भएको जानकारी दिएको छ । कार्यक्रममा लोपोन्मुख लाखे नाच, गाईजात्रा, नेवारी साँस्कृतिक नृत्य, झाँकीहरु तथा विभिन्न हाँस्यव्यङका कार्यक्रमहरु प्रर्दशन गरिने बालगोपाल युवा समितिका सचिव रोजकुमार श्रेष्ठ विहीबार जानकारी दिए । सो अवसरमा बालगोपाल भजन कृतन सेवा समिति का अध्यक्ष डम्बर बहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष हरिगोपाल बडगामी, सचिब माधबनारायण श्रेष्ठ, सल्लाहकार पशुपति आचार्य, आमा समूहका अध्यक्ष मन्जु बैदार, उपाध्यक्ष कल्पना ढेवाजु, सचिब सरस्वती श्रेष्ठ, भद्रकाली उच्च मा.वि.का सहलेखापाल विनोद गुरुङ, युवा समितिका अध्यक्ष भिमकुमार श्रेष्ठ, उपाध्यक्ष सविना तझ्या, युवा समितिका सल्लाहकार कल्याणकुमार  ढेवाज, लाखे नाच अनुयायी केशवकुमार द्वाका साथै नाच समितिका संयोजक धिरज ढेवाजूले कार्यक्रमको सफलताको कामना गर्दै कार्यक्रममा होत्से मा हैसे गर्दै अघि बढने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रमको टिकटहरु योङ्ग हार्ट, बुद्ध विशालबजार, इन्दु फर्मा महेन्द्रपुल, एलिश मोटरसाईकल वर्कसप रानीपौवा, न्यु जुपिटर एण्ड स्टेशनरी सृजनाचोक, हाम्रो पसल बाझापाटन, रोषन श्रेष्ठ (आर.एस. फोटो स्टुडियो), काहुँखोला वि.एम ग्लास हाउस गौंडाकोमुख मा उपलब्ध हुने ब्यवस्था समेत गरिएको जानकारी गराए । कार्यक्रम लाई सफलतापूवर्क सम्पन्न गर्नको लागि गौंडाकोमुख टोल बाट आफ्नो श्रम तथा रोजगारी गर्नको लागि विदेश गएका सदस्यहरुले पनि उतिकै चासो पुर्वक हेरी आवश्यक राय सल्लाह तथा आर्थिक सहयोगहरु पनि प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । यसै बीचमा विहीबार नात्यश्रवरी देवीको (नासो) पूजाको यस समितिका अध्यक्ष डम्बरबहादुर श्रेष्ठको आतिथ्यतामा सम्पूर्ण नृत्य गर्ने टोली, बाध्यवादक का सदस्यहरुका साथै भजन सेवा समितिका सदस्यहरुको बीचमा राति सम्पन्न भयो जसले गर्दा नत्य गर्ने सदस्यका साथै बाध्यवादक हरुले आफ्नो जिम्बेवारीलाई थप गहन रुपमा निर्वाह गर्ने छ ।

Post a Comment

 
Top