0
पोखरा ६ लेकसाइडस्थित साइनिङ स्टार आमाविले विद्यालय स्थित जुनियनर रेडक्रस सर्कलको आयोजनामा फेवातालमा अवस्थित तालबाराही मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तालबाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जुनियर रेडक्रस सर्कल साइनिङस्टारका अध्यक्ष विराज शर्मालाई कुचो हस्तान्तरण गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले तालबाराही मन्दिर वरिपरि रहेको फोहोर संकलन तथा सफाइ गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवर, विद्यालयका शिक्षक तिलक काफ्ले,  विद्यालयका सहायक प्र.अ. अर्जुन प्रसाद पाण्डे लगायतले विद्यार्थीहरुलाई सामाजिक कार्यको माध्यमबाट समाजसेवाको बाटोमा अग्रसर गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए ।

Post a Comment

 
Top