0
लेखनाथ नगरपालिका वडा नं. ३ अर्घौमा अवस्थित न्यू एरा एकेडेमी उ.मा.वि. मा  कक्षा ११ का  विद्यार्थीहरुलाई स्वागत  गरिएको छ ।  कक्षा १२ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्राचार्य वेदप्रसाद वस्ताकोटीले शैक्षिक स्तर उकास्नका लागि आफूहरु लागि परेको बताए । मनोज आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का सागर रसाइलीले स्वागत गरेका थिए । उमावि शिक्षक विष्णुहरि पौडेल, एकडेमिक डिन प्रकाश अधिकारी, शिक्षक भरत अधिकारीले कक्षा ११ का संगम अधिकारीले  पनि आ आफ्ना भनाई राखेका थिए । प्रमुख अतिथी बिव्यस अध्यक्ष तेजस्वी वराल, उमावि संयोजक रामचन्द्र दाहालले शुभकामना दिएका थिए

Post a Comment

 
Top