0
सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष शारदाप्रसाद सुवेदीलाई विहीवार नेकपा एमाले कास्की क्षेत्र नं. २ क्षेत्रीय कमिटीले एक कार्यक्रम आयोजना गरी स्वागत एवं बधाई ज्ञापन गरेको छ । हालै नेपाल सरकारद्वारा आयोगको केन्द्रीय अध्यक्षमा मनोनयन गरिएका नेकपा एमालेका पुराना नेता सुवेदीलाई एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्य लगायत कास्कीका एमाले नेताहरुले खादा लगार्इ दिंदै स्वागत एवं बधाई ज्ञापन गरिएको हो ।
स्वागत एवं बधाई ग्रहण गर्दै अध्यक्ष सुवेदीले वास्तविक सुकुम्बासी तथा भूमिहीनले जग्गा प्राप्त गर्ने कोही कसैले जग्गा उपलब्ध गराइदिन्छुु भनि सुकुम्बासी तथा भूमिहिनहरुसँग रकम माग गर्छ भने त्यस्ता व्यक्तिलाई कारवाही गरिने चेतावनी दिए । वास्तविक सकुुम्बासीले जग्गा प्राप्तिका लागि केवल आवेदन दस्तुरको रुपमा दश रुपैयाँ भन्दा बढी खर्च नपर्ने बताउँदै अध्यक्ष सुवेदीले आफ्नो अध्यक्षतामा गठित आयोगले सहज तरिकाले दुइवर्ष काम गर्ने अवस्था रहे सुकम्बासी तथा भूमिहीन समस्या समाधान गर्ने दावी गरे । कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने आयोगको योजनामा एमाले कास्कीले पूर्ण साथ दिने बताए । एमाले क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीन सुकुम्बासी संगठन कास्कीका अध्यक्ष लक्ष्मी अधिकारीले कास्कीको सुकुम्बासीको अवस्था, समस्या र चुनौतीको बारेमा बोलेका थिए भने क्षेत्रीय उपाध्यक्ष ध्रुव पराजुलीले स्वागत र सचिव पूर्ण ह्योल्मोेले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top