0


लेखनाथ नगरपालिकाका पहाडी भेकका उपभोक्ताहरुले सर्व सुलभ तरिकाले खानेपानीको आपूर्र्तिका लागि लेखनाथ नगरपालिका र साना सहरी खानेपानी आयोजनालाई आग्रह गरेका छन् । नगरपालिका भएको १७ वर्ष वितीसक्दा पनि पाहाडी वडा ४, ५, ६, ९, १० र ११ का उपभोक्ताहरुले खानेपानीको समस्या भोग्दै आएको अवस्थालाई मध्यनजर राख्दै त्यस क्षेत्रका उपभोक्ताहरुले पाहाडी भु–भागका लागि वैकल्पिक उपायवाट खानेपानी आपूर्तिका लागि सम्वन्धित निकायमा माग गरेका छन् । यसै सो क्षेत्रका उपभोक्ताले लेखनाथ नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ साना सहरी खानेपानी आयोजना उपभोक्त सस्थाका अध्यक्ष वोधराज लामिछाने र नगरस्तरीय राजनीतिका दलका प्रतिनिधिहरुलाई वोलाई आफनो क्षेत्रमा भेग्दै आएको खानेपानीको समस्याका वारेमा जानकारी गराएका हन् । सामाजिक कार्यकर्ता नवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पाहाडी भेकमा देखिएको खानेपानीको समस्याका वारेमा मनोहरि ढुगानाले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाली कांग्रेस लेखनाथ नगरसमितिका सभापति राजेन्द्रमणि लामिछाने, नेकपा एमालेका नगर अध्यक्ष मोहन गुरुङ, एकीकृत नेकपा माओवादीका विनय थापाले विकास भनेको खानेपानी, बाटो र बिजुली भएकाले यसलाई प्राथमिकतामा पारी आगामी कार्यकालमा नयाँ स्रोतको खोजी गरि खानेपानीको उचित व्यवस्था मिलाएनु पर्नेमा जोड दिए ।

Post a Comment

 
Top