0
व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा वक्ता सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका समयमा नेपालले  पूर्वाधार विकासका साथै ऊर्जा विकासमा ध्यान दिन आग्रह गरेका छन् ।
बैठकमा समय लिएर बोल्दै सांसद धनराज गुरुङले खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त मात्र बनाउँदैन मानिसभित्र रहेको राष्टियताको भावना पनि जागृत गराएर राष्टियतालाई बलियो बनाउने गर्दछ तर राजनीतिक छाँयाका कारण खेलकुद क्षेत्र अहिले अस्तव्यस्त बन्न पुगेको छ भने । सांसद अशोक राईले भर्खरै इलाम जिल्लाका चिया खेती गर्ने किसानले उचित मूल्य पाउन नसकेर करोडौ रुपैया क्षति व्योहोर्नुपरेको बताए । सांसद राईले विगतमा चियाको अधिकतम मूल्य प्रति केजी रु ७३ र न्यूनतम रु ५३ पुगेको भएपनि अहिले न्यूनतम रु २५ पुगेकोले चिया खेर जाने अवस्थामा रहेकोले अव चियाको न्यूनतम प्रतिकेजी मूल्य ४५ रुपैया समर्थन मूल्य पु¥याइयोस भनेर सरकारसँग माग गरे । सांसद अखिलाल ओखेडाले मानसरोवर जाने क्रममा करिव पाँच हजार नेपाली तीर्थयात्री अलपत्र परेकाले उनीहरूको लागि प्रवेशाज्ञाको व्यवस्था गर्न माग गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको अहिले चर्चा चलेको प्रसंगमा पञ्चेश्वर आयोजनालई अघि बढाउन, सीमामा हुने दुःख कष्ट र सीमा डुवानका समस्या हटाउने बारेमा पनि छलफल हुनुपर्ने बताए । सांसद नरसिंह चौधरीले धैरै लामोसमयपछि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणमा विशेष हुलाकी राजमार्ग लगायतका पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद टुकराज सिग्देलले सरकारले थप नगरपालिकाको घोषणा गर्ने तयारी गरेको सुन्नमा आएको बताउँदै तनहु जिल्लाको भिमाद क्षेत्रलाइ त्यस वरपरका गाउँ विकास समितिलाई समेटेर नगरपालिका बनाउन प्रस्तावित भएकोमा साभुङ र रिसीङरानपोखरीलाई समेत गाभ्ने भनेर नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताले सहमतिविपरीत जिविसमा निवदेन दर्ता गराएको तर सोही क्षेत्रका जनताले त्यसमा गाभिन तयार नभएको बताए ।   सांसद कमलप्रसाद पङ्गेनीले बुटवल पावर कम्पनीले स्याङजाको आँधीखोला प्यूठानको झिम्रुकलगायतका ठाउँमा विद्युत उत्पादन गरेर कतिपय जिल्लामा विद्युत वितरण गरेकोमा अहिले एकाएक सो कम्पनीले प्रतियुनिट मूल्य बढाउन खोजेकोमा आपत्ति जनाए । सांसद शान्ता मानवीले नेपाली महिलाले कुनै विदेशी पुरुषसँग विहे गर्दा सम्बन्ध विग्रदा उसबाट जन्मेका बच्चाले नागरिकता पाउन कठिनाई हुने गरेको बताए ।
सांसद दलजीत विके श्रीपालीले नेपाली महिला बेचिने गरेको, दलित हेपिने गरेको तथा देशका विभिन्न भागमा महिला बलात्कृत हुने गरेको घटना बढेकाले त्यस्ता घटनाका दोषीलाई छानवीन गरेर कारबाही गर्नुपर्ने माग गरे । सांसद डा.बावुराम पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले उत्साहित नेपालले भारतसँग द्विपक्षीय वार्ता र विविध सम्झौता गर्न लागेको अवस्थामा पूर्वाधार विकास र ऊर्जा विकासमा भारतसँग मिलेर काम गर्न र  माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जिएमआरसँग एमओयु भइसकेकाले त्यसलाई कार्यान्वयन गर्न सुझाव दिए । सांसद राधिका लामा र   कुन्तीकुमारी शाहीले दैलेख जिल्लाको पुरातात्विक सम्पदाको संरक्षण गर्न, त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका साथै धार्मिक क्षेत्र पनि घोषणा गर्न र त्यहाँको पेट्रोलियम पदार्थको उत्खनन गर्न सरकारको ध्यानाकर्षण गराए ।

Post a Comment

 
Top