0
एलिजा फिल्मस् नेपालद्वारा सञ्चालित पोखरा नाच घरले आयोजना गरेकोे खुल्ला एलिजा डान्स एण्ड सिङ्गिङ स्टार २०७१ सिजन–२ अन्तर्गतको गायन प्रतियोगितामा उत्कृष्ट सात जना छनोट भएका छन् । प्रतियोगितामा ससिना पाण्डे, निकाश गुरुङ, विपना थापा, नरेश राई, छेला गुरुङ, निलम सुनार छनोट भएका छन् । त्यस्तै रेनुका गुरुङलाई आयोजको तर्फबाट वाइड कार्ड इन्ट्री गराई उत्कृष्ट सात छनोट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट सात बाट नै विजेता उपविजेता छुट्टयाईने एलिजा फिल्मस् प्रालिका प्रबन्ध निर्देशक जिवन सुनारले जानकारी दिए । यस अघि नृत्य प्रतियोगितामा पनि उत्कृष्ट १० छनोट गरिएपनि आयोजकले वाईड कार्ड इन्ट्री गराई संसार गजमेरलाई छनोट गरि नृत्य विधामा ११ जना छनोट गरिएको छ । प्रतियोगिताको निर्णायकमा योगश काजी रहेका थिए । लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको अयोजना गरिएको हो । दुवै विधावाट उत्कृष्ट छनोट गरिसकेका छौं सुनराले भने– अव छिट्टै नै समय फिक्स गरेर फाईन गर्ने छौ । प्रतियोगितामा नृत्य तथा गायन विधमा प्रथम हुनेले २१÷२१ हजार गीत रेकडिङ्ग र म्युजिक भिडियोको व्यवस्था मिलाईने आयोजकले जनाएको छ । त्यसैगरि दुवै तर्फ फस्ट रनर अफले ११÷११ हजार तथा विविध साँस्कृति कार्यक्रममा समावेश गराईने सुनारले जानकारी दिए । त्यसै गरि पब्लिक च्यावई आवर्डको पनि व्यवस्था गरिएको छ अवार्ड विजेतालाई नगद राशिको पनि व्यवस्था गरिएका आयोजकले जनाएको छ ।

Post a Comment

 
Top