0
विग आईकनको विजेताले बलिउड सुरपस्टार शाहरुख खानसंगै स्टेज शेयर गर्ने अवसर पाउने भएका छन् । विजेताको लागि यो अवसर कान्साई नेरोल्याक पेन्ट्सले उपलब्ध गराउने भएको हो । कान्साई नेरोल्याक पेन्ट्सका लागि नेपालका कन्ट्री हेड सत्यप्रकाशले यो कुरालाई पुष्टी गरेका छन् ।
कान्साई नेरोल्याक पेन्ट्सका नेपाल कन्ट्री हेड सत्यप्रकाशले उत्कृष्ट पाँचको एलिमिनेशन राउण्डमा सहभागिता जनाउँदै यस्तो घोषणा गरेका हुन् बीचमामात्रै हुन लागेको कार्यक्रम डान्स विथ डनको क्रममा विग आईकनको विजेताले पनि शाहरुख खानसंगै एउटै स्टेज शेयर गरेर आफ्नो प्रस्तुती राख्न पाउनेछन् ।’ सत्यप्रकाशले भने–‘यो विग आईकनको विजेताको लागि अर्को एउटा ठूलो उपलब्धि बन्न सक्छ ।’ कान्साई नेरोल्याक पेन्ट्सले आफ्नो प्रोडक्टको ब्राण्डिङका लागि नेपालमा शाहरुख खानलाई लिएर एउटा ग्राण्ड ईभेन्ट ‘डान्स विद डन’ आयोजना गर्दैछ । शाहरुख खान कान्साई नेरोल्याक पेन्ट्सको ब्राण्ड एम्बेसडर पनि हुन् । ‘डान्स विद डन’ प्रोग्राम दशैँ तिहार पछि हुने समेत उनले जानकारी दिए ।  विग आईकन विजेताले बलिउड सुपरस्टारसंग एउटै स्टेज शेयर गर्न पाउने भएपछि विग एफएमले खुशि व्यक्त गरेको छ । ‘यो हाम्रो लागि पनि निकै ठूलो अवसर हो ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘विग आईकनको लागि पनि यो एउटा ऐतिहासिक कुरा हुनेछ ।’  विग आईकनमा हाल उत्कृष्ट चार प्रतिस्पर्धीहरु मात्रै छन् । उत्कृष्ट चार प्रतियोगी ल्हामो डोल्कर, कुन्साङ गुरुङ, सन्दिप ढुंगाना र राम लिम्बु मध्ये सोमबार उत्कृष्ट तीन प्रतिस्पर्धीहरु छनौट हुनेछन् । उत्कृष्ट तीन पछि प्रतियोगिता सोझै फाईनलमा जानेछन् ।

Post a Comment

 
Top