0
ममिता गौतम स्मृति प्रतिष्ठान पोखराले शिक्षा, समाजसेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानले एसएलसीमा उत्तीर्ण हुने दलित समुदायका ७५ जना विद्यार्थीलाई सम्मान तथा ८ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । शनिबार उनीहरुलाई सम्मान प्रदान गरियो । पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षासेवी जर्ज जोन र शिक्षा तथा समाजसेवी महेश गुरुङ, दलित आन्दोलनका अगुवा तथा राष्टिूय दलित आयोगका संस्थापक अध्यक्ष पदमसिंह विश्वकर्मा र पूर्व सभासद तथा समाजसेवी कृष्णकुमारी परियारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् । प्रतिष्ठानले कालिका उच्च माबि रामबजारमा अध्ययन गर्ने ५, अमरसिंहका २ र सिंद्ध उमाविका १ विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरेको छ । २०७० को एसएससिमा उत्र्तीण भएका दलित समुदायका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान पनि गरियो । सो अबसरमा प्रतिष्ठानले रामबजार युवा क्लव, मिस सुनार (विश्वकर्मा) प्रतिक्षा सुनार र मिस डाईनामिक सानिया गहतराजलाई पनि सम्मान गरियो । कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतिष्ठानले गरेको यस्तो किसिमको कार्यको प्रशंसा गरे । उनीहरुले शिक्षा र समाजसेवाको क्षेत्रमा प्रतिष्ठानले गरेको यस्तो किसिमको कार्यले सबैलाई हौसला बढाउने विश्वास व्यक्त गरे ।

Post a Comment

 
Top