0

सिद्घार्थ क्लब पोखराले आर्थिक बर्ष २०७१÷०७२ को ७२ लाख ५६ हजार ४ सय अनुमानित बजेट सहितको वार्षिक कार्ययोजना निमार्ण गरेको छ । संस्थाद्वारा काम गर्दै आईरहेको क्षेत्रगत विषय स्वास्थ्य तथा एम्बुलेन्स तर्फ १६ लाख ४७ हजार, बाल शैक्षिकतर्फ ६ लाख ४० हजार, परियोजना व्यवस्थापन तर्फ १ लाख ३७ हजार, महिला सशक्तिकरण तर्फ १ लाख २९ हजार, वातावरणतर्फ १ लाख १८ हजार, आन्तरिक व्यवस्थापन तर्फ ७ लाख ५६ हजार तथा आन्तरिक श्रोत व्यवस्थापन तर्फ ३८ लाख ५६ हजार गरि ७२ लाख ५६ हजारको कार्ययोजना निमार्ण गरिएको छ । विषयगत कार्यक्रमको बजेट तथा कार्ययोजना क्रमशः बिषयतग कार्यक्रम सयोंजकहरु क्रमशः अनिल श्रेष्ठ, तीर्थ श्रेष्ठ, श्यमलाल श्रेष्ठ, पार्वती माकाजु , विजय श्रेष्ठ र ओमनाथ अधिकारीले योजना प्रस्तुत गरेका हुन् । यसका अतिरिक्त क्लबले हाल एक्सन्एड नेपालको साँझेदारीमा स्थानीय अधिकार परियोजना माफर्त ४१ लाख बजेटको अधिकारमा अधारित कार्यक्रम कृस्ति र सराङ्गकोट गाविस सञ्चालन गरिरहेको छ ।
कार्ययोजना निमार्ण पछि कुरा गर्दै क्लबका अध्यक्ष दीपेन्द्र मर्सानीले अब सिद्घार्थ क्लब सामाजिक विकासमा व्यवस्थित योजना सहित अगाडि बढ्ने जानाकारी दिए । क्लबले २०५४ सालदेखि चिठ्ठा कार्यक्रम मार्फत रकम संकलन गरि एम्बुलेन्स तथा शव वहान सेवा शुरु गरि पोखरा र आसपासका क्षेत्रमा प्रभावकारी सेवा दिईरहेको अवस्था एम्बुलेन्स तथा शव वाहनको बढ्दो मागलाई सम्बोधन गर्न नेपाल निमार्ण व्यवसायी संघको सहकार्यमा २०७१÷०७२ मा नयाँ एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ ।
क्लबले निमार्ण गरेको योजनामा बगालेटोल स्थित संस्थाको भवनमा सिद्घार्थ पोलिक्निक निमार्ण सञ्चालन गर्ने भएको छ । साथै अन्य कार्यक्रममा रक्तदान कार्यक्रम, वृक्षरोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, ५० जना विपन्न बालबालिकालाई छात्रवृति तथा ३ जना बालबालिका उच्च शिक्षा निःशुल्क उच्च शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ ।
संस्थांले महिलाहरुको क्षमता विकास गरि विकास गरि महिलाहरुलाई नेतृत्व तहसम्म पु¥याउने योजना सहित महिला सशक्तिकरणका लागि माहिलाको नेतृत्व विकास तालिम, कानूनी सचेतना बारे तालिम, उद्यमशिलता तालिम लगायतका कार्यक्रमको योजना गरेको छ । संस्थाको मुख्य आयश्रोतका रुपमा एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी, घरभाडा, दाताहरुले दिने सहयोग तथा सदस्यता शुल्क रहेका छन् । गत साउन १३ मा कार्ययोजना निमार्ण बैठकबाट प्रस्तावित कार्ययोजनालाई साउन २३ को कार्यसमिति बैठकले संशोधन सहित परित गरेको हो ।

Post a Comment

 
Top