0
व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरूले वीर अस्पतालमा चिकित्सकद्वारा गरेको हडताल खुलाउन पहल गर्न, सिन्धुपाल्चोकका बाढी पीडितलाई थप राहत वितरण तथा पुनःस्थापनामा ध्यान दिन, पाल्पा क्षेत्रको चुरे क्षेत्रमा रहेको खानी हटाउन, रुकुमकी १८ वर्षीया किशोरीमाथि अनैतिक कार्य गर्नेमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी रौतहट, सिराहा, सप्तरीलगायतका तराईका केही जिल्लामा पानी नपरी रोपाइँ नभएका कारण सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न, सुनकोशीका बाढी पीडितलाई राहत दिन, सङ्खुवासभा जिल्लाका बाढी पीडितलाई हालसम्म राहत नपुगेको, सिंहदरवारभित्रका मन्त्रालयहरूमा परिसरमा  थन्किएका पुराना मोटर किन मर्मतसम्भार नगरी नयाँ मोटर किनिएको, शान्ति सुरक्षा राम्रो नभएको, संवैधानिक निकायहरूमा पदपूर्ति गर्न ढिलाइ भएको, काभ्रेका आलु कृषक खेती गर्ने कृषकलाई सरकारले कुनै राहत विखे ।
उनीहरूले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई खाने र बस्ने सुविधा दिन, अस्थायी शिक्षकलाई स्थायी प्रक्रियाका लागि विज्ञापन खुला गर्न, हुम्ला जिल्लाका कार्यालय प्रमुखबिहीन भएको, खाद्यान्न अपुग भएको, वीरगञ्ज स्थित बन्द चिनी तथा कृषि औजार कारखाना खुलाउन, बझाङ जिल्लालाई जोड्ने सडक वर्षात्का कारण बिग्रिएकाले मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले लिबियामा नेपालीहरू बन्धक परेका छन् भन्ने कुरा सार्वजानिक भएको छ, यसबारे सदनलाई जानकारी गराउन, महिला स्वास्थ्य स्वयंसेविकाका मागलाई सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।    
यसरी आफ्नो धारणा राख्नुहुने सांसदहरूमा राजाराम स्याङतान, राज्यलक्ष्मी श्रेष्ठ, राधाकृष्ण कडँेल, राधादेवी तिमल्सिना, रामचन्द्र पोख्रेल, रामनारायण बिडारी, रामवीर मानन्धर, रामसिंह यादव, रामहरि सुवेदी, रामहरि खतिवडा, रामेश्वर ढुङ्गेल, रीता रावल, रीता शाही, रेखा शर्मा, ललितजङ्ग शाही, रञ्जु ठाकुर, लक्ष्मणलाल कर्ण थिए ।
यसैगरी, लालबहादुर रावल, बबिता मोक्तान, लालेन्द्रकुमार मण्डल, विकास लम्साल, विक्रम बहादुर थापा, विनोद श्रेष्ठ, विशाल भट्टराई लगायतका सांसदहरू थिए । व्यसैगरी सांसदहरूले मुलुकका समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । नेकपा (एमाले)का सांसद सुरेन्द्रप्रसाद पाण्डेले भारतीय प्रधानमन्त्रीले हालै आप्mनो नेपाल भ्रमणका क्रममा व्यवस्थापिका–संसदमा दिनुभएको मन्तव्यले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम तथा आर्थिक क्षेत्रमा नयाँ तरङ्ग ल्याएको बताए । भ्रमणका अवधिमा नेपाल(भारत ऊर्जा व्यापार सम्झौता र ऊर्जा विकास सम्झौता नहुनु  दुःखद् पक्ष रहेको चर्चा गर्दै ती दुई सम्झौताका लागि गृहकार्य सुरु गर्न सरकारसँग उनले आग्रह गरेका थिए ।

Post a Comment

 
Top