0
ग्रीन इनर्जी एण्ड लाईटिङ इण्डष्ट्रिज काठमाण्डौ नेपालद्वारा उत्पादन गरिएका एलईडी लाईटहरुको पोखरामा बुधवारदेखि विक्रि वितरण सुरु गरिएको छ । पोखराको रत्न चोक स्थित सफ्ट स्पेश प्रालिले उक्त उत्पादन पोखरामा विक्रि वितरण सुरु गरेको हो । ग्रीन इनर्जीका  टेक्निकल भरत थापाका अनुसार एलईडी लाईट सिएफएल भन्दा वढी टिकाउ र वातावरण मैत्री रहेको छ । विद्युत खपत पनि पचास प्रतिशत भन्दा कम खपत गर्ने उनले जानकारी दिए । एलईडी लाईटहरु घर सजावट, स्विमिङ पुल आदि स्थानमा पनि प्रयोग समेत हुने  उनले वताए । यो लाईटको मर्मत गरी पुन प्रयोगमा ल्याउन सकिने भएकाले आर्थिक रुपमा पनि उपयोग कर्तालाई फाइदा हुने उनी बताउँछन् ।
तीनजनाद्वारा आत्महत्या
कैदिन तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । मङ्गलबार धुसेनी, मावु र पञ्चकन्यामा तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । धुसेनी–७ की ३० वर्षीया शान्ता खड्का, मावु–७ की २५ वर्षीया कौशिला राई र पञ्चकन्या–३ आइतबारेकी २८ वर्षीया रूपा अधिकारीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । मृतकमध्ये अधिकारीको शव परीक्षण गरिसकेको र अन्य दुई जनाको शव परीक्षण गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । आत्महत्याको कारण खुल्न नसकेको र यससम्बन्धी अनुसन्धान सुरू गरिएको उनले बताए ।

Post a Comment

 
Top