0
बेकन प्रिमियर इन्टरनेशनल एजुकेशन, सिद्धार्थचोक पोखराको आयोजनामा बुधबार निःशुल्क स्टडि इन न्युजिल्याण्ड सेमिनार हुँदैछ । सही परामर्श र उचित गाइडेन्स नै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले न्युजिल्याण्डबाट नै रोयल विजनेश कलेज कै प्रतिनिधिको उपस्थितिमा हुने  बेकनले जनाएको छ ।
कार्यक्रममा कलेज भर्ना प्रक्रिया, न्युजिल्याण्ड स्टुडेन्ट भिषा एवं नयांँ इमिग्रेशन पोलिसी तथा विद्यार्थी र अभिभावकहरुको जिज्ञासाहरु माथि प्रकाश पारिने बताइन्छ । बेकनका अनुसार यो इन्फोमेटिभ सेमिनार भएकोले इच्छुक सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्ने र न्यूजिल्याण्ड जानका लागि कम्तिमा पनि कक्षा १२ वा सो सरह पास गरेको हुनुपर्ने बेकन प्रिमियर इन्टरनेशनल एजुकेशनका प्रवन्ध सञ्चालक रुद्र प्रसाद अर्याल ले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । वैदेशिक अध्ययन को लागी न्युजिल्याण्ड जान चाहने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरु को लागि यर्थाथपरक जानकारी प्रदान गराउनका लागि निःशुल्क सेमिनार आयोजना गरिएको बेकनले जनाएको छ ।


Post a Comment

 
Top