0
पोखराको लामाचौर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायका व्यक्तिले आफ्ना पितृहरुको सम्झना गर्दै गाइजात्रा पर्व मनाएका छन । नेवाःखलः लामाचौरको पहलमा त्यस क्षेत्रमा परी नाच र तायमचाः नृत्य प्रदर्शन गरिएको थियो ।
खलका अध्यक्ष रामप्रसाद श्रेष्ठको घरबाट परि र स्वर्गीय अम्वरमान श्रेष्ठको घरबाट गाईलाई सजाएर लामाचौर चोकमा ८ जना परी र ३ जना जोक्करलाई नचाइएको थियो । स्थानीय नेवार समूदायका युवाहरुलाई विभिन्न भेषभुषमा सिङगारिएको उक्त नाच लामाचौर चोक, इन्जिनियरिङग क्याम्पस चोक, बाटुलेचौर, शहर डहर, अकला मन्दिर हुँदै पुनः लामाचौर चोकमा पुगेर समापन गरिएको थियो । वर्ष दिन भित्र मृत्यु भएका परिवारको सम्झना गर्दै गाइजात्रा निकाल्ने प्रचलन रहेको छ । विगत ३ वर्ष देखि नेवाःखल लामाचौरले नेवारी संस्कृति संरक्षण गर्र्नै उद्देश्यले गाइजात्रा तथा तायमचा नृत्य प्रदर्शन गर्दे आइरहेको छ ।
समितिले यहि साउन ३० र ३१ गते भिमसेन टोलमा हुने तायमचा प्रतियोगीतामा समेत सहभागीता जनाउने अध्यक्ष रामप्रसाद श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । स्थानीय कलाकारलाई जाल्पादेवी तायमचा समितिले प्रशिक्षण दिइरहेको छ । लामाचौर क्षेत्रमा नेवार समूदायका करिब ६० घर परिवार बसोबास गर्दै आईरहेका छन  ।

Post a Comment

 
Top