नेकपा (एमाले) को बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावसम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरियो । मङ्गलबारदेखि एमाले पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बसिरहेको छ । प्रतिवेदन वितरणपछि अध्ययनका लागि एक दिनको समय दिँदै आजको बैठक सकिएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन । उनँले आज बस्ने बैठकमा सो प्रतिवेदनलाई अन्तिम रूप दिन केन्द्रीय सदस्यबाट सुझाव लिने काम सुरु हुने जानकारी दिइन । यही साउन २ गतेको पहिलो बैठकले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन गरेको थियो ।एमालेमा छलफल
नेकपा (एमाले) को बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावसम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरियो । मङ्गलबारदेखि एमाले पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बसिरहेको छ । प्रतिवेदन वितरणपछि अध्ययनका लागि एक दिनको समय दिँदै आजको बैठक सकिएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन । उनँले आज बस्ने बैठकमा सो प्रतिवेदनलाई अन्तिम रूप दिन केन्द्रीय सदस्यबाट सुझाव लिने काम सुरु हुने जानकारी दिइन । यही साउन २ गतेको पहिलो बैठकले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन गरेको थियो ।
Post a Comment