0
खेताला शिक्षक मुक्त जिल्ला घोषणा गरिएको डेढ वर्ष पछि गुल्मीमा खेताला शिक्षक भेटिएका छन् । विसं २०६९ माघ १८ गते जिल्ला शिक्षा कार्यालयले खेताला शिक्षकमुक्त जिल्ला घोषणा गरेको गुल्मीमा खेताला शिक्षक भेटिएका हुन् । लक्ष्मीपुर माध्यमिक विद्यालय ठूलोलुम्पक–८, चेहमीबाट रामबारी प्राथमिक विद्यालय अस्लेवा–९ मा सरुवा भई आएका शिक्षक तिलबहादुर कुँवरले एक वर्षदेखि विद्यालयमा सट्टा शिक्षक राखेर तलब खाइ रहेका छन् । कुँवरले आफ्नो तलबबाट न्यून रकम दिई विमला पाण्डेलाई सट्टा शिक्षक राखी एक वर्षदेखि घरमा बसे पनि जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् ।

Post a Comment

 
Top