0

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिंदै  गर्दा विभिन्न संघसंस्थाले तीज मेलाको तयारी तीव्र पारेका छन् । तीजलाई महोत्सवकै रुपमा मनाउँदै आएका विभिन्न संघसंस्थाले आन्तरिक व्यवस्थापन र प्रचार प्रसारलाई तीव्रता दिएका हुन् ।
पोखरामा ऐतिहासिक तीज महोत्सव हँुदै आइरहेको लामाचौर र बाटुलेचौरमा पनि मेलालाई महोत्सव र संस्कृति प्रधान बनाउँन तयारी तीव्र पारेको बताइन्छ । लामाचौरमा हुने महोत्सवको आयोजना विगत १२ वर्ष देखि नव आदर्श सामुदायिक विकास समाजले गर्दै आइरहेको छ भने बाटुलेचौरमा हुने मेलाको व्यवस्थापन स्थानिय समितिले गर्दै आएको छ । लामाचौरको महोत्सवको तयारी तीव्र पारिएको समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मेलाका लागि स्वागतद्वार निर्माण र मैदानलाई फराकिलो पार्ने काम भैरहेको उनले लाई समेत व्यापक पारिउको प्रचार संयोजक सञ्जय अधिकारीले जानकारी दिए । त्यस्तै बाटुलेचौरमा पहिला हिमालय क्लब र वातावरण संरक्षण क्लबले गर्दै आएता पनि विगत ३ वर्षदेखि स्थानीयस्तरमै समिति गठन गरेर सो कार्यलाई निरन्तरता दिंदै आइरहेको छ ।
यसैगरी विगत बर्षमा झै यसबर्ष पनि कास्कीको ढिकुर पोखरीमा तीजमेला हुने भएको छ । तीजमेलाको ढिकुरपोखरी स्थित युवा क्लबहरुको छाता संगठन ढिकुरपोखरी युवा संजालले यहि भदौ ८ गतेदेखि १२ गतेसम्म संचालन गर्ने तयारी गरेको हो । तीजमेला अन्र्तगत खुल्ला फुटबल, तीजगीत, रसाकस्सी, घैटो फुटाइ लगायतका प्रतियोगिताहरु संचालन गर्ने तयारी गरिएको संजालका अध्यक्ष शुसिल भट्टचनले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मेलाको समापन समारोह खेलकुद मन्त्रीद्वारा उद्घाटन गराइने तयारी समेत भएको अध्यक्ष भट्टचनले बताए ।  प्रतियोगिता अन्र्तगत फुटबल तर्ष प्रथम स्थान हासिल गर्ने समुहले नगद रु. ५० हजार, द्वितिय हुने समुहले नगद रु.३० हजार साथमा शील्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Post a Comment

 
Top