
त्यस अवसरमा खुद्रा विक्रेता संघ कास्कीका अध्यक्ष धनीराम बरालले पोउवासंघको विधान संशोधन अशफल भएको हो कि असफल पारिएको हो भन्ने विषयलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै अब वस्तुगत संघहरुले विधान संशोधनको पहल गर्ने स्पष्ट पारे । पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष रिजन शेरचनले चुनावमा भोट माग्नमात्र विधान संशोधनको कुरा गर्ने तर नेतृत्वमा पुगिसकेपछि पूरै बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । संघकी उपमहासचिव एवं कास्की हस्तकला संघकी अध्यक्ष हीरा भट्टराईले बाहिर विधान संशोधन गर्ने भनि चिप्ला कुरा गर्ने तर भित्र–भित्र ठूला होटलमा पार्टी दिएर विधान संशोधन प्रयास असफल पार्ने गरेको अरोप लगाइन ।
संघका कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले संघको अध्यक्षमा सम्पूर्ण अधिकार केन्द्रिकृत रहेको विधान संशोधन नभइ केही गर्न नसकिने जानकारी गराउँदै विधान संशोधनमा सहयोग गन आग्रह गरे । अधिकृत विक्रेता संघका संस्थापक गोविन्द कर्माचार्यले पोउवासंघको कायैसमिति बैठक बस्दा कहिल्यै कोरम नपुग्दा केही नहुने, सबै निर्णय हुने तर विधान संशोधनमा भने कोरम नै पुग्नुपर्ने मान्यता अन्त्य हुनुपर्नेमा जोड दिए । यसैगरी वस्तुगत संघको तर्फबाट पोउवासंघको विधान संशोधनमा पहल गर्नका लागि एक कमिटी समेत गठन गरिएको छ । समितिको संयोजकमा सुरेश अधिकारी र सदस्यहरुमा जगदीश गोतम, माधव पराजुली, श्रीराम पराजुली र रुपनारायण भुजेल रहेका छन् । समितिलाई विभिन्न संघहरुसंग छलफल गरी ११ सदस्यीय बनाइने भएको छ । कमिटी पोउवासंघको विधान संशोधनमा सक्रिय भएर लाग्ने तर पोउवासंघको चुनावमा कसैलाई हराउन, जिताउन नलाग्ने र विधान संशोधन पश्चात समिति स्वतः विघटन हुने स्पष्ट कमिटीले स्पष्ट पारेको छ ।
Post a Comment