0
 सुनकोशी बाढीपीडितहरुको सहयोगार्थ पोखराका युवाहरुले राहत संकलन गरेका छन् ।  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यबासिनी र लायन्स क्लब अफ पोखरा लेक भ्यालीको संयुक्त आयोजनामा शनिबार पोखरामा राहत संकलन गरिएको हो । जसमा एकैदिन नगद ९० हजार रुपैयाँ र एक गाडी लत्ताकपडा संकलन भएको लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यबासिनीका अध्यक्ष रमेश खत्रीले जानकारी दिए ।  संकलित रकम र लत्ताकपडासहित टोली बाढीपीडितलाई राहत वितरण गर्न शनिबार नै त्यसतर्पm लागेको लायन्स क्लब अफ पोखरा लेक भ्यालीका अध्यक्ष राजेश पहारीले बताए ।  

Post a Comment

 
Top