0
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारले स्थापना गरेको दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका अग्रज पत्रकार नारायण कार्कीलाई सम्मान गरेका छन् । ३३ हजार तीनसय ३३ रुपैयाँ राशिको उक्त पुरस्कार र सम्मानपत्र शनिबार पोखरामा आयोजित कार्यक्रममा कार्कीलाई हस्तान्तत्ररण गरिएको थियो । कार्की करिब चारदशकदेखि पत्रकारितामा संलग्न छन् । पुरस्कारको व्यवस्थापन भने नेपाल पत्रकार महासंघ कास्कीले गर्दै आएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं उपप्रधानमन्त्री सिंहले पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरे ।
कांग्रेसका महामन्त्री समेत रहेका सिंहले प्रकृया मिलाएर पोखरामा विमानस्थल बनाईने बताए । अहिलेको सरकारको मुख्य दायित्व समयमा नै संविधान र्निमाण गर्ने भएकाले सबै ध्यान संविधान र्निमाण तिर लगाउनु पर्ने अवस्था आएको भन्दै सिंहले ताकिएको समयमा संबिधान बन्ने दाबी गरे ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा पाखिले परिवारको तर्फबाट सुनयना पालिखे, सम्मानित व्यक्तित्व कार्की, महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट र सुष्मा पौडेल, कास्की उपाध्यक्ष राजेन्द्र अधिकारी र सचिव त्रिभुवन पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top