0
विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा कास्की जिल्ला ह्याण्डवल संघको प्राविधिक सहयोगमा आउँदो भदौको १९ देखि २१ गतेदेखि १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१४) विद्यालय स्तरीय छात्र÷छात्राको ह्याण्डवल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरबाट खेलकुदको विकास गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न संघका उपाध्यक्ष अशोक शाहीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ । आर्थिक उपसमिति संयोजकमा खेमराज देवान, प्राविधिक तथा मैदान व्यबस्थापनमा क्याप्टेन जगबहादुर गुरुङ, प्रचार प्रसारमा खेम गुरुङ, प्राथामिक उपचारमा आनन्द अधिकारी, समारोह व्यवस्थापनमा दीपक नेपाली, पदक तथा प्रमाणपत्र लेकमाया पुन, सुरक्षा तथा स्वयंसेवकमा दुर्गा सुवेदी रहेका छन ।
त्यसै गरी सल्लाहकारमा तेज गुरुङ, केशव पाठक, मोहन रेग्मी, सेरबहादुर गुरुङ र मिन बहादुर गुरुङ रहेका छन ।

Post a Comment

 
Top