0
बागबजार कचा खलले नेवा खल कास्कीको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा खल कास्कीका सो अवसरमा भिमसेन टोल स्थित नेवा छें को भवन सम्पन्न गर्नका लागि बागबजार टोल बासीका तर्फ बाट २ लाख ९९ हजार १ सय २० रुपैया तथा डा. जगदिश लाल बैद्यको तर्फबाट रु १ लाख रुपैयाँ बागबजार कचा खल का अध्यक्ष सुविन्द्र श्रेष्ठले नेवा खल कास्की का अध्यक्ष अशोक पालिखेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, उपाध्यक्षद्वय तीर्थ श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदास, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष बिश्वमोहन गौचन, बागबजार कचा खलका अध्यक्ष सुबिन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा बागबजार कचा खल तथा बागबजार मिसा पुच समेत गठन गरिएको छ । कचा खलमा सुबिन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति गठन गरिएको छ । जसमा उपाध्यक्ष रमेश श्रेष्ठ, महासचिब शंकर ताम्राकार, कोषाध्यक्ष शरण श्रेष्ठ, सहसचिब किनस श्रेष्ठ, सदस्यहरुमा सुरेश श्रेष्ठ, मिम श्रेष्ठ, राजकुमार श्रेष्ठ, पुरुषोत्तम मानन्धर, चीन बहादुर साइ र बिजय बजिमय रहेका छन् । यसैगरि मिसा पुचमा मिना प्रधानको अध्यक्षतामा १० सदस्यिय कार्यसमिती बनाइएको छ । जसमा उपाध्यक्ष मन श्रेष्ठ, सचिब रेखा ताम्राकार, कोषाध्यक्ष सुमित्रा बज्राचार्य, सदस्यहरु सम्झना श्रेष्ठ, सरिता श्रेष्ठ, तारा श्रेष्ठ, सिर्जना श्रेष्ठ, उषा श्रेष्ठ, र जमुना श्रेष्ठ रहेको नेवा खल कास्कीका महासचिव प्रदिप रञ्जितले जनाएका छन ।

Post a Comment

 
Top