0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य गगन थापाले नेपाल विद्यार्थी संघको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । पोखराको इन्जिनियङ्गि अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा नेविसंघले आयोजना गरेको विद्यार्थी विदाई कार्यक्रममा बोल्दै थापाले पटक–पटक स्थगित भएको नेविसंघको महाधिवेशन अब पनि गर्न नसके संगठन अत्यन्त कमजोर हुने बताए । उनले पटक–पटक देशमा राजनीतिक क्रान्ति भएपनि त्यसलाई व्यवस्थापन गर्न नसक्दा उपलव्धिहरु संस्थागत हुन नसकेको भन्दै अब आर्थिक र प्राविधिक क्रान्तिको आवश्यकतामा जोड दिए । इन्जिनियरिङ्ग र प्राविधिक विषयमा अध्ययन गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने प्रविधिकहरुले नै देश विकास गर्न सक्ने भएकाले सरकारको मुख नताकि आफैले रोजगारी सृजना र्था समेच आग्रह गरे । कांग्रेसका युवा नेता थापाले शैक्षिक क्षेत्रमा हुने गरेको अति राजनीतिकरणको प्रभाव अन्त्य हुनुपर्ने खाँचो औंल्याए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, सभासद वृन्दा रानामगर र शारदा पौडेल, कांग्रेस नेताहरु देवराज चालिसे, शोभियतबहादुर अधिकारी, लोकतान्त्रिक खेलकूद संघका संयोजक देवन्द्र कुमार शेरचन, नेविसंघका पूर्व कोषाध्यक्ष प्रकाश स्नेही, कुन्दनराज काफ्ले, पूर्व उपाध्यक्ष नयनसिंह महर, केन्द्रीय सदस्य गोविन्द एलसी, पूर्व केन्द्रीय सदस्य सुदिपमोहन भट्टराई, युवराज पाण्डे, विद्यार्थी नेताहरु डिल्लीराम सुवेदी, सुदर्शन आचार्य शर्मा, भानु ढकाल, राजाराम पौडेल र सुवास कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
नेविसंघ पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पसका सभापति पवनबाबु बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजीव नेगीले स्वागत र सचिव राजीव रिमालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बिइ तहका करिब दुईसय, आइ तहका करिब चारसयलाई बिदाई गरिएको थियो ।

Post a Comment

 
Top