0

संघीय समाजवादी पार्टी सम्बद्ध कास्कीका दलितहरुको मंगलवार पोखरामा सम्पन्न प्रथम भेलाले धनबहादुर परियारको संयोजकत्वमा १९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।
दलित बनाइएका सम्पुर्ण जाति समुदाय एकजुट होऔं, आफू माथि लादिएको अपमानित दलित मुक्त गरी आफ्नो ऐतिहासिक शिल्पी पहिचान स्थापित गरौं भन्ने नाराका साथ भएको भेलाले सदस्यहरुमा बिष्णु नेपाली, रामप्रसाद विक, पुर्णसिंह नेपाली, मिठु विशुंखे, कृष्णबहादुर सार्की, भक्तबहादुर गन्धर्व, उद्बीर नेपाली, सेती परियार, राजकुमार खरेल, लक्ष्मी गन्धर्व, कृष्णबहादुर नेपाली, राज नेपाली, प्रेमबहादुर बिक, मनोज नेपाली, बलराम नेपाली र रामकृष्ण नेपाली चयन भएका छन् ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय समाजवादी पार्टीका केन्द्रीय सचिव एवं सभासद डिबी नेपालीले शासकहरुले राज्यमा एकछत्र रजाई गर्न अप्नाईएको अमानवीय, अपराधिक सोंचले मान्छेलाई पशु सरह पनि मान्यता नहुने गरी दलित बनाएको हो भन्दै अब दलित मुक्तिका लागि सबैको एकताबद्ध आन्दोलन र सचेतना अभियान जरुरी छ भने । उनले नयाँ बन्ने संविधान मानव मानव विच उच र निच नहुने गरी आफुहरु जुटेको बताउँदै हिजैदेखि विभेदमा पारिएकाहरु लाई प्राथमिकता दिनुपर्नेमा दवाव दिइरहेको बताए । संघीय दलित मुक्ति महासंघका केन्द्रीय संयोजक एवं संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य रामबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघीय समाजवादी पार्टीका केन्द्रीय अनुशासन विभागका केन्द्रीय सदस्य सोम बहादुर नेपालीले कार्यक्रम सञ्चालन गरे ।

Post a Comment

 
Top