0

पोखरा १७ साउन ।
धर्मसंघ बुद्ध बिहार ५९औँ तथा सद्धर्म सभाको २४औँ वार्षिकउत्सव कार्यक्रम तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । श्रद्धेय भिक्षु श्रद्धानन्द महारस्तवीरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नयाँ कार्यकालका लागि सदस्यहरु समेत चयन भएका छन् । नयाँ कार्यसमितिहरुमा अध्यक्ष भरतराज शाक्य, उपाध्यक्ष पूर्णमान बुद्धाचार्य, सचिव चीजमान शाक्य, कोषाध्यक्ष शान्तमान बुद्धाचार्य, सहसचिव तेजेन्द्र शाक्य, सदस्यहरु सुरेश शाक्य, दिनेशमान बुद्धाचार्य, विकासरत्न शाक्य, कृष्णमान बुद्धाचार्य, अशोक कुमार शाक्य, इश्वरमान शाक्य रहेका छन् । साथै कार्यसमितिमा दुई जना महिला शान्ति बुद्धाचार्य र ज्ञानु बुद्धाचार्यलाई पनि मनोनित गरेको छ । नयाँ कार्य समितिका सदस्यहरुलाई निर्वाचनका संयोजक उत्तममान बुद्धाचार्यले सपथ समेत ग्रहण गराएका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष दुर्गामान बुद्धाचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पूर्वसचिव तथा हालका सचिव पूर्नमान बुद्धचार्य चीजमान शाक्यले गरेका थिए ।

Post a Comment

 
Top