0
बाल एवम् यूवा हितका लागि स्थापित हाम्रो गन्तव्य समुहको विशेष भेला सम्पन्न भएको छ । भेलाले वर्तमान कार्यसमिति सक्रिय हुन नसकेकाले जिम्मेवारी हेरफेर गरेको छ । समुहका गतिविधी संक्रिय रुपमा अगाडि बढाउनका लागि संयोजकमा सस्थापक अध्यक्ष लक्ष्मण तिमिल्सिनालाई चयन गरेको छ । तिमिल्सिना सहित १३ सदस्यीय कार्यसमिति सदस्यहरुमा निर्वतमान अध्यक्ष सन्ध्या अधिकारी, भू.पु अध्यक्ष दिपेन्द्र थापा, प्रभात पौडेल, शिला थापा, कविता भण्डारी, अस्मिता जि.सी., मुना कार्की, विवेक त्रिपाठी, मौसम शर्मा, रामप्रसाद तिमिल्सिनालगाएतलाई चयन गरेको छ । समुहले अघिल्लो वर्ष पाँचौं वर्ष विशेष हाम्रो गन्तव्य प्रकाशित गरेको थियो भने । हाल छैटौं वर्ष प्रवेशको उपलक्ष्यमा “६ मा ६” प्रकाशित गर्ने भएको छ ।

Post a Comment

 
Top